यादका भारी बाेकेर अचेल
सपनाहरु गाउँ तिर पुग्छन् ।
अामा मलाई घर अाइज भन्न सक्नु हुन्न
बालाइ जाेरी शत्रुका अगाडी
शिर ठाडाे पाराेस् भन्ने छ
साँझमा कहिले काहीँ अामा उसै रुनुहुन्छ
सम्झनाका भारिले थिचेर हाेला ।
अावाजकाे न्यास्रो मान्नु हुन्छ
अामा अचेल
पाेल्टाकाे माेवाइलमा
छाेरा छाेरीकाे अावाज कुर्नु हुन्छ
स्टकाेटकाे खल्तीमा बा काे माेवाइलले जस्तै ।
बचेरा हुर्काए पछी
रित्तियकाे धाेबी चरिकाे गुँड हेरेर
बा टाेलाउनु भाे अस्ति
उमेरमा अाफैले चलाएकाे फलामे गल र
मुलघरकाे निदालमा
एकछिन धमिला अाँखा अड्याए पछी
अमिलाे मनसँगै शहर अाउन तयार हुनुभाे बा ।
बा-अामाले गाउँ छाेडेपछी
खण्डहर बन्नेछन् सुन्दर घरहरु
विरानाे बन्ने छ अाफ्नै गाउँ
विराना लाग्नेछन् अाफ्नाहरु !
बेखुसी जीवन बाँच्न मञ्जुर हुनु भाे बा-अामा
शहरका अग्ला घरमा कतै छलिएर ।
राजन केसी तामाकोसी-५,दाेलखा
(हाल देवीघाट, नुवाकोट)


