फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश समाचार स्थानीय समाचार

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दोलखाको चरीकोट जिरी सडक खण्ड अन्तर्गत गौरिशङ्कर वाल गृह नजिकै गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चाललको मृत्यु भएको छ।

भीमेश्वर नगरपालिका वडा नम्बर ४ अनाथलय नजिकै विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई योद्धा गाडीले ठक्कर दिँदा सोही वडाका ३३ वर्षीय मोटरसाइकल चालक उमेश श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चरिकोटबाट तामाकोशीतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०१०२४ च ५९१९ नम्बरको योद्धा गाडि र तामाकोशीबाट चरिकोट आउँदै गरेको बा ७५ प ४५२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँएर दुर्घटना भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक श्रेष्ठलाई उपचारको लागी सदरमुकाम चरिकोटमा रहेको पशुपति चौँलागाई स्मृति प्रादेशिक अस्पताल पुर्याएको थियो र पछि उपचारका क्रममा उनलाई  मृत घोषण गरिएको थियो।

दुर्घटनामा परी मोटरसाइकलमा सवार मृतक श्रेष्ठकी श्रीमती सजिता श्रेष्ठ पनि सामान्य घाईते भएकी छिन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ्। ठक्कर दिने योद्धा गाडिका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । मृतकको शव सोही अस्पतालमा राखिएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

खेलकुद बिकास समितिमा शिवाकोटी

Friendship Khabar

तीजले चेली-माइतीबीचको सम्बन्ध प्रगाढ बनाउँछ : प्रदेश प्रमुख शर्मा

Friendship Khabar

भौतिक पूर्वाधार मन्त्री ज्वालाद्वारा द्रुत बस सेवाको अनुगमन

Friendship Khabar