दोलखा /मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा जिल्ला दोलखामा लोकतान्त्रीक बाम गठबन्धन र एमालेबिच प्रतिष्ठाको संघर्ष हुने भएको छ ।
सत्तागठबन्धनलाई जसरी पनि एमाले लाई हराएर जित हात पार्नुपर्ने चुनौती छ भने २०६४ बाहेक अधिकांस समय जित हाँसिल गरेको एमालेलाई आफ्नो विरासत जोगाउने चुनौतीका कारण दोलखामा प्रतिष्ठाको संघर्ष हुने भएको हो ।
यस अघि कतैपनि निर्वाचनमा सहभागी नभएका नेकपा माओबादी दोलखाका संस्थापकमध्येका एक कमाण्डर गंगा कार्की र व्यवसायी समेत रहेका नेकपा एमालेका बालकृष्ण शिवाकोटीबिच प्रतिनिधि सभा सदस्य पदमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । एकमात्र संघिय निर्वाचन क्षेत्र रहेको दोलखामा प्रदेश क्षेत्रहरुमा पनि सत्तागठबन्धन र एमाले बिच नै प्रतिस्पर्धा हुदै छ । प्रदेश सभा १ मा गठबन्धनले कांग्रेस केन्द्रिय सदस्य समेत रहेका नेविसंघका पुर्वमहामन्त्री कुन्दन काफ्लेलाई अघि सारेको छ भने एमालेले पाटीका जिल्ला अध्यक्ष नर बहादुर श्रेष्ठलाई उम्मेद्वार बनाएको छ । प्रदेश ख मा गठबन्धनका तर्फबाट कांग्रेसका जिल्ला सभापति बर्मा लामा र एमालेका भरत केसी उम्मेद्वार छन् । केसीलाई गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेको जिल्ला कमीटीले भीमेश्वरको नगरप्रमुख पदमा टिकट दिएर पछि प्रदेश समितिले फिर्ता गरी अर्का उम्मेद्वार हरिवंस चौलागाइलाई निर्वाचनमा उतारेको गराएको थियो ।
यस पटक कांग्रेस ,माओबादी र नेकपा एकिकृत समाजबादी एक ठाउँमा भएकाले एमालेसँग प्रतिस्पर्धा नै नहुने गठबन्धनका उम्मेद्वार गंगा कार्कीले बताए । कार्कीले ३० वर्ष एकलौटी जस्तै शासन गरेको एमाले यो पटक सजिलो गरि बढारिने बताएका छ्न ।
previous post