फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश लेख तथा रचना

याद आयो मलाई!!

समृद्धिको याद आयो मलाई।
छुकछुके रेलको याद आयो मलाई।।

भ्रष्टाचारिको नामै लिन्न भनेको याद आयो मलाई।
ओम्नी र वाईडबडिको याद आयो मलाई।।

सुशासनका लागि बलियो सरकार भनेको याद आयो मलाई।
दुई तिहाई नजिकको सरकार घाँडो भएको याद आयो मलाई।।

राष्ट्रियताको याद आयो मलाई।
सामन्त गोयलसग मध्यरातमा भेटेको याद आयो मलाई।।

अरुलाई छटक र आफू क्विन्टल भनेको याद आयो मलाई।
सहयात्री राप्रपा नेपाल र परिवार दल भएको याद आयो मलाई।।

लौ ठिकै छ ,फेरि पनि समृद्धि ल्याउने रे।
जनतालाई फेरि पनि थाङ्नामा सुताउने रे।।

याे पढ्न छुटाउनु भयाे की ?

मन्त्री मोक्तान द्वारा निर्माणाधिन विकास निर्माण र विद्यालयहरुको अनुगमन

Friendship Khabar

मैनापोखरीमा कांग्रेसको जागरण कार्यक्रम

Friendship Khabar

“कि जितिन्छ, कि बितिन्छ” भनेर गएका शिक्षकलाई विद्यालय संचालन गर्न पालिकाकाे निर्देशन

Kedar Dahal