फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश शिक्षा

दाेलखाली समाज दक्षिण काेरियाद्वारा विद्यार्थीलाई ट्रयाक सुट वितरण

केदार दहाल
दाेलखा/दोलखाली समाज दक्षिण कोरियाले कालिन्चाेक गाउँपालिका वडा नं ८ सुनखानिमा रहेकाे श्री देविस्थान आधारभुत विद्यालयका विद्यार्थीलाई ८५ जोर ट्रयाक सुट सहयाेग गरेकाे छ ।

“तपाईं हाम्राे सुख दुखकाे साथि दाेलखालि समाज, दाेलखालि समाज दाेलखालिकाे हितमा” भन्ने मूल उद्देश्यका साथ स्थापना भएको याे समाजले स्थापना कालदेखि धेरै सहयाेग गर्दै आएको छ । समाजका अध्यक्ष अभि थापाकाे अनुराेधमा न्युजिल्यान्डमा रहेका रामराज ओलि र दक्षिण काेरियामा रहनुहुने नवीन शिवाकाेटि, नवराज शिवाकोटी र पुरुशोतम शिवाकोटीले करिब ६५०००।- (अक्षरुपि पैसठ्ठि हजार) आर्थिक सहयाेग गर्नु भएको थियाे । साे रकम बाट विद्यार्थीहरुलाई जाडाे छल्नका लागि ट्रयाक सुट वितरण गरिएको हाे । समाजका अध्यक्षका अनुसार आफुले पढ्ने बेलामा जाडाे माैसमा पाएकाे दुख पिडालाई सम्झेर अहिले त्याे समाजमा रहेका अनाथ, दलित र विपन्न वर्गका विद्यार्थीहरूकाे अवस्थालाई मध्ये नजर गर्दै सहयाेग गरेकाे बताउनुहुन्छ । शनिबार एक कार्यक्रमको विच गाउँपालिका अध्यक्ष अर्जुन शिवाकोटीले विद्यार्थीलाई कपडा वितरण गर्नुभएको थियाे ।

दाेलखालि समाजले दाेलखाकाे शैक्षिक क्षेत्रमा धेरै अगाडिदेखि विभिन्न विद्यालय र विद्यार्थीलाई सहयाेग गर्दै आएको साथै विपन्न परिवार, दिर्घ राेगि, विपत लगायत धेरै क्षेत्रमा सहयोग गर्ने गरेकाे छ ।

याे पढ्न छुटाउनु भयाे की ?

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Rajkumar Dahal

जनसचेतन द्वारा हिलेपानी माविमा सहकारी शिक्षा

Friendship Khabar

एमबी खड्का देशकै उत्कृष्ट दोश्रो कर्मचारी बन्न सफल

Friendship Khabar