फ्रेण्डसिप खबर
धर्म र संस्कृति बागमती प्रदेश समाचार

सोनाम ल्होछारको उपलक्ष्यमा २ दिन सार्वजनिक बिदा

तेन्जिङ शेर्पा

दाेलखा/वैतेश्वर गाउँपालिका दोलखा ले तामाङ समुदायले मनाउने मुख्य पर्व सोनाम ल्होछारको उपलक्ष्यमा माघ १९ र २० गते २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। वैतेश्वर गाउँपालिकाले सूचना निकालेर २८५८ औं ताक (बाघ बर्ष) लो सोनाम ल्होछारको अवसरमा गाउँपालिकामा तामाङ जातिकाे बाहुल्यता रहेको हुँदा माघ १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गाउँपालिकाद्वारा जारी सूचना अनुसार माघ १९ र २० गते गाउँपालिकाको कार्यालय,गाउँपालिका मातहतका कार्यालयहरु र विद्यालयहरु बन्द रहने जानकारी दिएको छ ।वैतेश्वर गाउँपालिकामा तामाङ जातिको बाहुल्य बसोबास रहेकाले तामाङ समुदाय को विशेष पर्व ल्होछार भएको हुँदा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँ पालिका अध्यक्ष छवि लामाले जानकारी दिनुभयो।

यसैबिच बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पनि सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा १ दिन माघ १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिनुभयो । उहाँको अनुसार ल्होसारमा प्रदेशको १३ वटै जिल्ला र न्वागीमा चेपाङ समुदायको बसोबास रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

याे पढ्न छुटाउनु भयाे की ?

व्यक्तिगत लगानीमा विद्यार्थीलाई दिवा खाजा

Nabin Kumar Khatiwada

नव जनउत्थान साकोषको साधारण सभा दुई चरणमा सप्पन्न

Nabin Kumar Khatiwada

अविरल वर्षा संगै मेलुङ सितली सडक खण्ड अवरुद्ध (फोटो फिचर)

Friendship Khabar