फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश राजनीति

कार्यवाहक वडा अध्यक्ष सहित दर्जनौं नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

जिरी/दोलखाको जिरी नगरपालिका वडा नं ८ स्थित एमाले बाट निर्वाचित वडा अध्यक्ष सहित दर्जनौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र मा प्रवेश गरेका छन।

नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) जिरी नगर संगठन कमिटी दोलखाले आयोजना गरेको बागमती प्रदेशका बन तथा वातावरण मन्त्री माननीय विशाल खडकालाई बधाई तथा स्वागत कार्यक्रममा नेकपा एमाले बाट निर्वाचित वडा सदस्य पेमादोर्जी शेर्पा सहित दर्जनौ नेता तथा कार्यकर्ता नेकपा एमाले तथा नेपाली काँग्रेस परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन।

नेकपा एमाले परित्याग गरि नेकपा एमाले जिरी नगर कमिटीका सदस्य एवं कार्यवाहक वडा अध्यक्ष पेमादोर्जी शेर्पा जिरी नगर कमिटीका सकृय सदस्य शुकु शेर्पा,वीर ब. खडका,राम कार्की,चन्द्र ब श्रेष्ठ सहित ८० जना र नेपाली काँग्रेसका सक्रिय सदस्य लाल ब तमाङ , जित ब खत्री सहित ६ जना गरी जम्मा ८६ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

नव प्रवेशी नेता तथा कार्यकर्तालाई एक भव्य कार्यक्रमको बीच वागमती प्रदेश बन तथा वातावरण मन्त्री माननीय विशाल खडका र माननीय साँसद आङडेण्डी शेर्पाले स्वागत तथा प्रवेश गराएका हुन । बधाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खडकाले आफूले दोलखा विकासमा कुनै कमी आउन नदिने र पक्षपात नगर्ने बताउनु भयो । नेकपा माओवादी नै जनताको एजेन्डा बोक्ने एक मात्र पार्टी रहेको र देश भर माओवादी पार्टीमा प्रवेश गर्नेको लहर रहेको बताउनु भयो । आफुले समृद्ध जिरी र पर्यटकिय जिरी बनाअन लाई जोड दिने वताउनु भयो । बधाइ तथा स्वागत कार्यक्रमलाई बागमती प्रदेश साँसद डि एन शेर्पा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नवीन जिरेल,युवा नेता एव प्रदेश कमिटी सदस्य तेज ब गोले,नगर कमिटी अध्यक्ष गेल्बु शेर्पा बैतेश्वर गाउँकमिटी अध्यक्ष भिम ब श्रेष्ठ लगाएतले सम्बोधन गरेका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

जनसचेतन द्वारा सहकारी दिवसमा रक्तदान

Friendship Khabar

राजनीतिमा सुधार र समृद्धि निर्माणका आधार

Friendship Khabar

युवा सघं नेपाल द्वारा कोभिड १९ बिरुद्व जनचेतना

Friendship Khabar