फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश विचार शिक्षा समाचार स्थानीय समाचार

११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वैतेश्वरमा वक्तृत्वकला प्रतियोगिता हुने

केदार दहाल
दाेलखा/ वैतेश्वर गाउँपालिकाले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा यहि मिति २०८० फागुन २५ गते शुक्रबार “महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी” भन्ने विषयमा वक्तृत्वकला प्रतियोगिता संचालन हुने भएको छ ।

उक्त प्रतियोगितामा सहभागी हुन ईच्छुक वैतेश्वर गाउँपालिका भित्रका महिलाहरुलाई सहभागिताको लागि सूचना प्रकाशित गरिएको सँगै प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ६,६६७ र प्रमाणपत्र, द्वित्तिय हुनेलाई नगद रु ५,३३४ र प्रमाणपत्र, तृतीय हुनेलाई नगद रु ४,००० र प्रमाणपत्र र सान्त्वना हुनेलाई नगद रु १,३३४ र प्रमाणपत्र पुरस्कारको व्यवस्था गरिएको सुचनामा उल्लेख छ ।

सहभागी हुने ईच्छुक महिलाहरुले २०८० फागुन २४ गते बेलुकी ५ भित्र आफ्नो नाम दर्ता गरिसक्नु पर्ने छ ।

याे पढ्न छुटाउनु भयाे की ?

सामाजिक सुरक्षा कोष योगदानकर्ता सापटी निर्देशिका स्वीकृत

Friendship Khabar

पाँचौ राष्ट्रपति रनिङ शिल्ड जिरीकाे उपाधि सहिद स्मृतिलाई, लगातार चाैथाे पटक सम्म विजेता

Kedar Dahal

अँध्यारो नाँ लाई उज्यालो काेसेलि सहित पुगे पालिका अध्यक्ष कार्की

Kedar Dahal