फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति

खेलकुद महासंघका केन्द्रिय सदस्य कालिकोटे द्वारा एमाले परित्याग

चरिकोट/नेकपा एमाले का नेता एवं नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य दिपक कालिकोटे द्वारा पार्टी परित्याग को घोषणा गरेका छ्न।

पछिल्लो समय एमालेका नेता कार्यकर्ता हरु एकपछी अर्को क्रमश पार्टी परित्याग गर्ने लहर चलिरहेको बेला दोलखाको तामाकोसी गाउँपालिका स्थित शहरे स्थायी घर भएका कालिकोटेले पनि एमालेमा नरहने घोषणा गरेका हुन।कालिकोटे नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य तथा शहरेका प्रभावशाली नेता हुन,उनी शहरेको गाउँ कमिटी उपसचिव हुँदै नेकपा एमालेको जिल्ला कमिटी सदस्य समेतको जिम्मेवारीमा रहेर काम गरेका नेता हुन भने आसन्न स्थानीय निर्वाचनमा शहरेमा एमालेको तर्फबाट वडा अध्यक्ष को प्रवल दावेदार तथा जनाधार भएका नेताको रुपमा पनि चिनिन्छ्न।
नेता कालिकोटेले सामाजिक सन्जाल फेसबुक मार्फत लेखेका छ्न “म नेकपा एमालेको २०५१ सालदेखिको साधारण सदस्य तथा २०५४ सालबाट संगठित सदस्य रहेकोमा आज २०७८ फागुन २ गतेदेखि ब्यक्तिगत कारणले एमाले परित्याग गरि टाढा रहने निर्णय गरियो”।
यसैबीच हिजो मात्र नेकपा एमाले दोलखाका प्रभावशाली नेता शान्त बहादुर उप्रेतीले ले पनि एमाले परित्याग गरेका थिए।

याे पढ्न छुटाउनु भयाे की ?

सुनचाँदी कला व्यबसायी संघको केन्द्रिय अध्यक्षमा घनश्याम रिजाल निर्वाचित

Friendship Khabar

समाजवादी कानुन व्यवसायी संगठनको अध्यक्षमा देवेन्द्र सुवेदी

Friendship Khabar

“कि जितिन्छ, कि बितिन्छ” भनेर गएका शिक्षकलाई विद्यालय संचालन गर्न पालिकाकाे निर्देशन

Kedar Dahal