फ्रेण्डसिप खबर
गृह पृष्ठ स्थानीय समाचार

जिविकोपार्जनका लागी विपन्न परिवारलाई बंगुरको पाँठा बितरण

जिरी/ दोलखाली चेलि हाल अमेरिका बस्नु हुने समाज सेबि अलिशा थापा जोसि द्वारा विपन्न गरिव परिवार लाई उन्नत बंगुरको पाठा सहयोग गरिएको छ।

समाजसेवी अलिशा थापा जोसिको चार लाख पचास हजार रुपैयाँको आर्थिक सहयोगमा जिरी नगरपालिका वडा नं ७ का ३० घर परिवार लाई ९० वटा बंगुरका पाठा सहयोग गरिएको हो।बाल जिबन परिबर्तन केन्द्र नेपाल फाउण्डेशनका संस्थापक अध्यक्ष समेत रहेकी अलिशा थापा जोसि मार्फत गरीब निमुखा बिपन्न सामाजिक रुपमा पछाडी पारिएको समुदाय र असाहाय बालबालिका हरुको लागि बंगुर पालन गरि जिबिको पार्जन गर्ने र गराउने लक्ष्य अनुसार उक्त सहयोग वितरण गरिएको हो।

फाउण्डेशनले बालबालिका हरु लाई विशेष गरि शिक्षा स्वास्थ्य र कृषि क्षेत्रमा सहयोग गर्ने उदेश्य अनुरुप १० जिल्लामा सहयोग गरिरहेको को बाल जीबन परिबर्तन केन्द्र नेपाल फाउण्डेशनका अध्यक्ष शान्त नेपालीले जानकारी दिनु भएको छ।सहयोग को समन्वय समाजसेवी दोलखाली छोरी पद्मा प्रधान ले गर्नुभएको हो।

याे पढ्न छुटाउनु भयाे की ?

गठवन्धन भित्र सहमतिको खोजि भइरहेको नेता नेपाल

Friendship Khabar

यसरी भयो खर्कमै पुगेर घाइते चौरीको उपचार

Nabin Kumar Khatiwada

सरकारी गाडिको दुरुपयोग बारे ध्यानाकर्षण

Friendship Khabar