फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार खेलकुद गृह पृष्ठ

प्रदेश खेलकुद प्रतियोगिताको तयारी पुरा,शनिबार उद्घाटन हुदैं  

हेटौंडा/प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजना हुन लागेको  प्रथम खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ ।
बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा हुन लागेको प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको तयारी पुरा भएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले बताउनुभयो ।
प्रदेश राजधानी हेटौंडामा शनिबार बृहत रुपमा प्रतियोगिताको गरिने उहाँले बताउनुभयो । हेटौंडाको क्याम्पाचौरमा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुती, विद्यार्थीहरुद्धारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न झाँकी तथा साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरी प्रतियोगिताको उद्घाटन गरिने भण्डारीले बताउनुभयो । प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्ने कार्यक्रम रहेको छ ।
मकवानपुर, चितवन, काभ्रे, काठमाडौं र सिन्धुपाल्चोक जिल्लामा विभिन्न खेलको प्रतियोगिता गराइने उहाँले बताउनुभयो । उहाँका अनुसार मकवानपुरमा २९ गते आइतबारबाट पुरुष फुटबल, व्याडम्निटन र चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा ३० गतेदेखि भलिबल र क्रिकेट खेल सुरु हुने बताउनुभयो ।
सिन्धुपाल्चोकमा भने चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव भण्डारीले बताउनुभयो ।
प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।

याे पढ्न छुटाउनु भयाे की ?

निरन्तर सहयाेग गर्दै दोलखाली समाज दक्षिण कोरिया

Kedar Dahal

अपर तामाकोसीकाे पीपीए पुनरावलोकन गर्दै

Friendship Khabar

वैशाख महिनामा कक्षा १ देखि १० सम्मका सबै परीक्षा तथा नतिजा प्रकाशन पनि

Kedar Dahal