फ्रेण्डसिप खबर
अर्थवाणिज्य गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

जनसचेतन द्वारा हिलेपानी माविमा सहकारी शिक्षा

मैनापोखरी/जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले बिद्यालय मा अध्यनरत विद्यार्थी हरुलाई सहकारी शिक्षा प्रदान गरेको छ।
जिल्लाको कालिन्चोक गाउँपालिका स्थित हिलेपानी मावी मा अध्यनरत विद्यार्थी हरुलाई सहकारी शिक्षा शिविर सन्चालन गरेको हो।

शिक्षा शिविरमा विद्यालयमा अध्यनरत कक्षा ८ देखि १२ सम्मका ७२ जना विद्यार्थी र १८ जना शिक्षक हरुलाई सहकारी शिक्षा तथा वित्तीय साक्षरता प्रदान गरिएको संस्थाका वरिष्ठ उपाध्यक्ष एवं शिक्षा उपसमिति संयोजक गोपालध्वज श्रेष्ठले जानकारी दिनुभयो।

तालिममा सहकारी शिक्षा,सहकारी संञ्चालनमा शुसासन,सदस्यको अार्थीक पछ्याैटेपनकाे निवारण,जनसचेतनकाे सुरक्षित बचत काे अवधारणा लगाएतका बिषयमा प्रशिक्षण दिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो।तालिमको शिक्षा उपसमिति संयोजक गोपाल ध्वज श्रेष्ठ,जनसंपर्क प्रमुख राजन दहाल ले सहजीकरण गर्नुभएको थियो।

जनसचेतन साकोषको दोलखा र काठमाडौ उपत्यका सहित काभ्रेपलान्चोक समेत ५  जिल्ला कार्यक्षेत्र रहेको छ।

याे पढ्न छुटाउनु भयाे की ?

रजत महोत्सवको अवसरमा शिक्षक कल्याण द्वारा हाजिरी जवाफ प्रतियोगिता

Friendship Khabar

एमाले ओलि गुटमात्र भयो:- महासचिव भुसाल

Friendship Khabar

हेमन्त स्मृति भलिबलको उपाधी चितवनलाई

Friendship Khabar