फ्रेण्डसिप खबर
गृह पृष्ठ देश बागमती प्रदेश राजनीति

ढल्यो वैतेस्वर काँग्रेस किल्ला ।

बैतेस्वर गाउँपालिकामा नेपाली काँग्रेसको किल्ला मानिएको वडा नं २ का दर्जनौ नेता तथा कार्य कर्ताहरु नेपाली काँग्रेस परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

नेकपा माओवादी केन्द्र वैतेस्वर गाउँपालिका वडा नं २ गाउँ सँगठन कमिटी द्वारा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली काँगेसका कृयासिल सदस्य कृष्ण थापाको नेतृत्वमा आज ७ दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता सहित सिङ्गो गाउँ नै नेकपा माओवादीमा प्रवेश गरेका हुन भने नेकपा एमाले वडा नं ३ का युवा नेता खडग ब तमाङ सहित वडा नं ३ र ६ बाट समेत दर्जनौ नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । नव प्रवेशी हरुलाई बागमती प्रदेशका वन तथा वातावरण मन्त्री माननीय विशाल खडका , बागमती प्रदेश सांसद हिमाली गोले , नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य युवा लोकप्रिय नेता नर ब प्राख्रीन , नेकपा माओवादी केन्द्रका केन्द्रिय प्रचार बिभाग सदस्य लक्ष्मण खडका , युवा नेता सुब्बा श्रेष्ठ लगायतका नेताहरुले टीका, खादा र माला लगायर प्रवेश गराएका छन ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खडकाले नेकपा माओवादी केन्द्रले नै परिवर्तन खातिर लडेकोले र संघीयता, समावेशीता , धर्मनिरिक्षेपताको मुद्दा संस्थागत गरेको र सोही आधारमा देश भर माओवादी केन्द्र प्रवेश गर्नेको लहर रहेको दावी गर्नु भयो साथै जस्को निति उसैको नेतृत्व भए मात्र जनतालाई समृध्द बनाउन सकिने दावि गर्नु भयो। वागमती प्रदेशका सांस्द हिमाली गोलेले आफुले अरु जस्तो झुट्ता आश्वासन नदिई पहिले विकास गरेर देखाएकोले गैरिमुदिका जनताहरु पार्टी प्रवेश गरेकोकामा खुसी व्यक्त गर्नु भयो । नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य युवा नेता नर ब प्राख्रीनले सधै मिर्गे गैरिमुदिका जनताको मत खोसेर जितेर राज गर्नुको कुनै तुक नहरेको र जनताको स्वतन्त्र अभिमत लिएर जित्न र आगामी दिन बुथ कब्जा गर्ने काम नगर्न चुनौती दिदै यो पटक मिर्गे र गैरिमुदीका जनताले स्वतन्त्र मत हाल्न पाउने कुराका ढुक्क हुन जनता लाई आग्रह गर्नु भयो । केही दिन अघि मात्र वैतेस्वर वडा नं २ सानिटार माझगाउँबाट नै ८० जना भन्दा बढी नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

सहकारी बैंकद्वारा स्थानीय तह हरुलाई निति तथा कार्यक्रम सम्बन्धमा १४ बुदे सुझाव

Friendship Khabar

नेकपा दोलखाको छैटौं जिल्ला सम्मेलन,अर्जुन योगी सेक्रेटरी

Nabin Kumar Khatiwada

धुलिखेल खानेपानीमा समाजवादीका खोँजू बिजयी

Friendship Khabar