फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश समाचार स्थानीय समाचार

बैतेश्वर गाउँपालिकामा शनिबारमात्रै बिदा

१८ जेठ, बैतेश्वर । दोलखाको बैतेश्वर गाउँपालिकामा साताको एक दिनमात्रै सार्वजनिक बिदा हुने भएको छ ।

नेपाल सरकारले सातामा शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भए पनि गाउँपालिकाले शनिबारमात्रै बिदा दिने निर्णय गरेको हो ।

गाउँकार्यपालिकाको मिति २०७९ साल जेठ १६ गतेको बैठकको निर्णय अनुसार मिति २०७९ साल जेठ १ गते देखी लागु हुने गरि निर्णय गरेको हो । गाउँपालिकाले आज जारि गरेको सूचना अनुसार  अब आइतबारदेखि बिहीबारसम्म बिहान १० बजे देखि साँझ पाँच बजेसम्म कार्यालय सञ्चालन हुनेछन् । शुक्रबार भने बिहान १० बजे देखि दिउँसो तिन बजेसम्म कार्यालय समय तोकिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

मेलुङमा सहकारीहरु बीच अन्तरक्रिया,१४ बुँदे साझा प्रतिबद्धता

Friendship Khabar

जिविकोपार्जनका लागी विपन्न परिवारलाई बंगुरको पाँठा बितरण

Friendship Khabar

प्रदेश खेलकुद प्रतियोगिताको तयारी पुरा,शनिबार उद्घाटन हुदैं  

Friendship Khabar