फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश समाचार

कलम अंकित झण्डा लेनिन पिकमा फहराउदै लालबहादुर

काठमाडौ/नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले हिमाल आरोही लालवहादुर जिरेललाई पार्टीको चुनाव चिन्ह कलम अंकित झण्डा हस्तान्तरण गर्नुभएको छ ।
आइतबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आरोही जिरेललाई आरोहणको सफलताको शुभकामना सहित झण्डा हस्तान्तरण गर्नुभएको हो ।
सर्वोच्च शिखर सगरमाथा सहित साना ठूला थुप्रै हिमालको सफल आरोहण गरिसक्नुभएका हिमाल आरोही  जिरेल किर्गिस्तानको लेनिन पिक चढ्न किर्गिस्तान जान लाग्नुभएको र उक्त हिमालमा नेकपा(एकीकृत समाजवादी) पार्टीको चुनाव चिन्ह कलम अंकित झण्डा फहराउने इच्छा ब्यक्त गर्नुभएकोले उहॅालाई झण्डा हस्तान्तरण गरिएको हो ।
एकीकृत समाजवादीको बाग्मती प्रदेश सम्पर्क समन्वय कमिटीका सदस्य समेत रहनु भएका जिरेल प्रसिद्ध हिमाल आरोही हुनुहुन्छ । स्थानीय निर्वाचन २०७९ मा जिरी नगरपालिका वडा नं. ४ मा वडा अध्यक्षको उम्मेद्वार समेत रहनु भएका उहाँले यस अघि सर्वोच्च शिखर सगरमाथा २ पटक आरोहण गरिसक्नु भएको छ ।
उहाँले मनास्ल हिमाल एक पटक,आमा डवलम ३ पटक पुमरी एक पटक,मेरा पिक ५ पटक सिंगा चुली एक पटक,टेनपिक २ पटक ,दम्पोस पिक एक पटक ,लार्के पिक एक पटक,अम्विगेप्चेन एक पटक,आइसल्याण्डपिक एक सय २० पटक लवुजेपिक ३० पटक,सोलु पिक एक पटक,लाङसिसरी एकपटक,नयाँकाङ ३ पटक,एलापिक ३ पटक,रमुदङ एक पटक,खाम्सेकु एक पटक लगायत २६ वढी हिमाल रोहण गरीसक्नु भएको छ ।नेपाल वाहक किर्गिस्थानको लेनिन पिक यस अघि पनि चढी सक्नु भएको छ ।
झण्डा हस्तान्तरण कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य श्री प्रसाद साह,प्रवासी नेपाली एकता मञ्च अमेरीकाका अध्यक्ष टेक गुरुङ ,दोलखा पार्टीका जिल्ला कमिटी अध्यक्ष भिम दाहाल,युवा संघका उपमहासचिव अशोककुमार दाहाल,युवा संघका सचिवालय सदस्य टिकाराम खड्का,युवा संघका केन्द्रीय सदस्य रामबहादुर  खड्का लगायतको उपस्थिति थियो ।
अध्यक्ष नेपालले दोलखा जिरी निवासी जिरेललाई आरोहण सफलताको हार्दिक शुभकामना सहित नेपालको पहिचान गराउन गरेको प्रयासको प्रशंसा गर्नुभयो ।

याे पढ्न छुटाउनु भयाे की ?

उर्गेनलिङ गुम्बा उद्द्घाटन हुँदै, उद्द्घाटन औतारी लामाबाट हुने

Kedar Dahal

शिक्षा ऐन बिना अन्योलमा सामुदायिक विद्यालय: महासंघको सरकारलाई आग्रह

Nabin Kumar Khatiwada

पहिरो पीडितलाई लायन्स क्लबको राहत

Friendship Khabar