फ्रेण्डसिप खबर
गृह पृष्ठ धर्म र संस्कृति समाचार

यू.ए.ई मा तीज विशेष कार्यक्रम हुने

सन्दीप पौडेल

दोलखा/ यू.ए.इ मा तीज विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । स्याङजा सहयोग समाज यू.ए.ई को आयोजनामा यहि मिति २०७९ भाद्र १२ (२८ अगस्ट २०२२) गतेका दिन तीज विशेष सांङगितिक कार्यक्रम २०२२ हुने भएको हो ।
पछिल्लो समयममा पश्चिमा संस्कारको सिकोले हाम्रा मौलिक चाडपर्व तथा कला, संस्कृतिहरु लोप हुने अवस्थामा छन । तसर्थ यस्ता कार्यक्रमले नेपाली संस्कार र संस्कृतिको जगेर्ना हुने विश्वास लिइएको छ । भने यस्को साथ साथै प्रदेशमा रहेका नेपाली दाजु भाई दिदिबहिनिहरुलाई पनि मनोरञ्जन प्रदान गर्न सकिने समाज का सल्लाहकार थमन सिंह रानाभाट ले बताए ।
एभरेष्ट कल्ब–अस्टोरिया होटल बरदुवईमा सम्पन्न हुने कार्यक्रममा नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक गायिकाहरु खुमन अधिकारी, शान्ति श्री परियार, उमादेवी खनाल तथा मोडल तथा डान्सर अभिषेक खड्काको प्रस्तुति रहने छ ।

याे पढ्न छुटाउनु भयाे की ?

एसईईमा उत्कृष्ट प्रदर्शन गर्ने दोलखा जिरीका विद्यार्थी र शिक्षक सम्मानित

Kedar Dahal

‘श्रमिकसँग श्रम मन्त्री’पहिलो दिन एकघण्टा श्रमिकका गुनासा

Friendship Khabar

श्रम मन्त्री द्वारा इपिएस भाषा परीक्षा केन्द्रको अुगमन

Friendship Khabar