फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

वडा अध्यक्ष चौलागाईं द्वारा किसानलाई आर्थिक सहयोग

मैनापोखरी/दोलखाको वैतेश्वर गाउँपालिका वडा नं ४ का अध्यक्ष कुमार चौलागाईंले एकल महिला कृषकलाई आर्थिक सहयोग गर्नुभएको छ।

पारिवारिक अवस्था कमजोर रहेको वैतेश्वर ४ काब्रे निवासी झुमादेवी बिश्वकर्माको घरमा पालेको दुहुनो भैंसी लडेर मरेपछि दशैको शंघारमा पिडित बनेकी किसान लाई राहत महसुस होस भन्ने अभिप्रायले ब्यक्तिगत रुपमा १५ हजार आर्थिक सहयोग गरेको वडा अध्यक्ष चौलागाईंले बताउनुभयो।

नेपाली हरुको महान पर्व दशैको मुखमा एकल महिला झुमादेबी बिकको करिव १ लाख ५० हजार पर्ने दुहुनो भैंसी लडेर मरेको हो।
घरमा पालेको दुहुनो भैंसी मरेर पिडित बनेर आर्थिक सहयोगका लागि सवैसंग अनुरोध गरेको र यस्तो दु:खद अवस्थामा वडा अध्यक्ष चौलागाईं ले आफ्नो दु:खमा मलम स्वरुप ब्यक्तिगत रुपमा सहयोग प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै अध्यक्ष  चौलागाईं लाई धन्यवाद व्यक्त गरेको छिन।

याे पढ्न छुटाउनु भयाे की ?

श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण

Friendship Khabar

अबैध जडिबुटी सुनाखरी सहित ३ जना पक्राउ

Friendship Khabar

आमा समुहलाई भान्साघर औषधालय कार्यक्रम

Friendship Khabar