फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति स्थानीय समाचार

शासक होइन सेवक बन्नेछु:-कुन्दन काफ्ले

दोलखा/नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम दोलखा प्रदेश सभा (१) का उम्मेदवार कुन्दनराज काफ्लेले आफू शासक होइन् जनताको सेवक बन्ने बताउनुभएको छ।

घरदैलो गर्दै गौरीशंकर पुग्नुभएका काफ्लेले सो कुरा बताउनुभएको हो । उहाँले आफू निर्वाचनमा उम्मेदवार भएर आफ्नो कुरा राख्नभन्दा जनताको कुरा सुन्न आएको बताउनुभएको छ । म उधारो सपना सुनाउन हैन केही गर्नुपर्छ भनेर उम्मेदवार बनेर आएको बताउदै उहाँले भन्नुभयो,म झुटो आश्वासन दिन आएको होइन ,तपाईंहरुको समस्या सुन्न आएको हो , तपाईंहरु मत दिने मतदाता सबै भगवान रहेको बताउदै उहाँले कस्तो व्यक्तिलाई यो ठाउँको सेवक बनाउने जिम्मा तपाईंहरुको हातमा रहेको बताउनुभयो ।
हिजो निर्वाचित भएर गएका नेताहरुले दोलखाको मुहार फेर्न नसकेको काफ्लेले आरोप लगाउनुभयो ।उहाँले भन्नुभयो निर्वाचित भएर जाने हिजोको नेताहरुले केही गरेनन् भनेर गुनासो गर्नुभन्दा अब सहि उम्मेदवार छान्ने बेला आएको छ । अब हुने निर्वाचनमा पहिले जस्तो गल्ती नगर्न स्थानीयहरुलाइ आग्रह गर्नुहुदैँ काफ्लेले हिजो जसलाई जिताउनुभयो,उसले काम गरेको छैन भने फेरि पनि उसैलाई जिताउन नहुने उहाँको भनाइ रहेको छ । लामो राजनीति यात्राको संघर्षपछि पहिलोपटक जनतासँग उमेदवार बनेर आएको उहाँले बताउनुभयो ।

जनप्रतिनिधि नभए पनि आफ्नो जन्मभूमिप्रतिको अभिभारा आफूले कहिल्यै नबिर्सेको उहाँको भनाइ छ । आफू पदमा भए पनि वा पदमा नभएर जहाँ भए पनि गाउँ र समग्र दोलखाको विकासमा भूमिका खेलिरहेको उहाँको भनाइ रहेको छ ।
गठबन्धनको साझा उम्मेदवार रहनुभएका काफ्लेको मुख्य प्रतिस्पर्धी नेकपा एमालेका तर्फबाट नर बहादुर श्रेष्ठ रहनुभएको छ । एक प्रतिनिधि सभा र २ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दोलखामा ५२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन ।

याे पढ्न छुटाउनु भयाे की ?

माओवादी केन्द्र काब्रेको कार्यालय उद्घाटन दर्जनौं नेता कार्यकर्ता प्रवेश

Friendship Khabar

उपाध्यक्ष तामाङकाे निधन भएपछि गाैरिशंकर गा पा मा मंगलबार शाेक बिदा

Kedar Dahal

दोलखाली समाजको अध्यक्षमा कुमार पिडि

Friendship Khabar