फ्रेण्डसिप खबर
अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

एकीकृत फ्रेण्डसिपकाे प्रविधिमैत्री वित्तीय साक्षरता कार्यक्रम

जिरी/Global Money Week 2023 को अवसरमा प्रविधिमैत्री वित्तीय साक्षरता एवम अन्तरक्रिया कार्यक्रम दोलखाको जिरीमा आइतबार सम्पन्न भएको छ ।

एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि.को स्विकृत बार्षिक कार्यक्रम अनुसार आज संस्थाको मुख्य कार्यालय जिरीमा प्रविधिमैत्री वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरिएको संस्थाको का.मु प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले जानकारी दिनु भयो । उहाँको अनुसार आज बाट सुरु गरिएको अन्र्तकृया कार्यक्रम अन्य सेवाकेन्द्रहरुमा समेत सञ्चालन गरिने छ ।

एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा भएको उक्त कार्यक्रममा मुख्य कार्यालय क्षेत्रका ७० जना भन्दा बढी शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाको सेवाहरुको बारेमा सदस्यहरुलाई जानकारी गराउन, उत्पादनमुलक क्षेत्रमा लगानीको लागि सदस्यहरुलाई उत्प्रेरित गराउन र संस्थाको आर्थिक कारोबार निरन्तरता गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा संस्थाका सचिव केशव कुमार कार्कीले कार्यक्रमको औचित्य सहित स्वागत मन्तव्यद्धारा उपस्थित सदस्यहरुलाई स्वागत गर्नुभएको थियो ।
एकीकृत फ्रेण्डसिप साकोसका अध्यक्ष भुमिराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका का.मु प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले कार्यक्रममा उपस्थित सदस्यहरुलाई वित्तीय स्वस्थताको लागि ज्ञान, सीप र धारणामा सुधार गर्ने विभिन्न उपायहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो । मानिसहरुको वित्तीय जीवन समृद्ध बनाउनको लागि तय गर्नुपर्ने वित्तीय लक्ष्य, लक्ष्य पुरा गर्न आवश्यक प्रवल ईच्छा शक्ति, मानिसका सपना र सपना पछ्याउ नसक्ने खुबीहरुको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा जिरी उद्योग वाणिज्य संघको नव निर्वाचित अध्यक्ष बाबुराजा श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमका सहभागी शेयर सदस्यहरुले एकीकृत फ्रेण्डसिप साकोसले सदस्यलाई लक्षित गर्दै दिईरहेको सेवा सुविधा सन्तोष जनक रहेकाले अवका दिनमा अझ थप सेवाहरुलाइ प्रभावकारी बनाउँदै अघि बढ्न र सदस्यहरुका लागि अझ थप कार्यक्रमहरु सञ्चालन गर्न समेत सुझाव दिनुभएको थियो । प्रविधिमैत्री वित्तीय साक्षरता एवम अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासाहरुको सम्बोधन संस्थाको अध्यक्ष भुमिराज खड्का र सुचना प्रविधि विभाग प्रमुख नवराज दाहालले प्रष्ट पार्नु भएको थियो । एकीकृत फ्रेण्डसिप साकोसले आफ्ना सेवा ग्राही शेयर सदस्यहरुलाई लक्षित गर्दै मिति २०७९ साल माघ महिनाको १ गते देखि लागु हुने गरि प्रिमियम सफ्टवेयर सञ्चालनमा ल्याउनुका साथै एम.बैक टेक्नोलोजिस सँग सहकार्य गरि आफ्नै नामको (एकीकृत फ्रेण्डसिप स्मार्ट एम बैक) नामको एप लन्च गरि सम्पुर्ण बैकिङ कारोबारहरु जस्तै टप अप, बैक ट्रान्सफर, वालेट लोड, क्यु आर कोड, अनलाइन हवाइ तथा बस टिकट, विभिन्न ब्रोकर कम्पनीहरुको भुक्तानी, इन्सुरेन्सको प्रिमियम भुक्तानी लगायत विभिन्न सेवा संचालनमा ल्याएको छ । यसको साथै संस्थाले आफ्ना शेयर सदस्यहरुको लागि सवारी दर्ता प्रमाण पत्र व्लुबुक नविकरण सेवा समेत संस्थाको मुख्य कार्यालय सहित अन्य १५ वटा सेवा केन्द्रहरुबाट सुरु गरि आफ्ना सदस्यहरुलाई सेवा थालनी गरेको छ । संस्थाले हाल दोलखा, रामेछाप, सिन्धुपाल्चोक र काठमाडौं जिल्लालाई कार्यक्षेत्र बनाई वित्तिय सेवा प्रदान गर्दै आएको छ भने मिति २०७९ साल फाल्गुण १ गते देखि काठमाडौं महानगरपालिका वडा नं. ३२ जडीबुटीबाट आफ्नो सोह्रौ सेवा केन्द्र संचालन गरेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

समृद्ध दोलखा गठबन्धनबाट मात्रै पुरा हुने :- खड्का

Friendship Khabar

एमालेको वडा कमिटी एकीकृत समाजवादीमा रुपान्तरण

Friendship Khabar

जनसचेतन ३० औं बर्षमा,सहकारी अभियन्ता राष्ट्रिय पुरस्कार केवी उप्रेतीलाई

Nabin Kumar Khatiwada