फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ देश

सुनचाँदी कला व्यबसायी संघको केन्द्रिय अध्यक्षमा घनश्याम रिजाल निर्वाचित

काठमाडौं/नेपाल सुनचाँदी कला व्यवसायी संघको केन्द्रीय अध्यक्षमा दोलखाका घनश्याम रिजाल निर्वाचित हुनुभएको छ।

शनिवार सम्पन्न संघको २१ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले च्छोरोल्पा गोल्ड एण्ड सिल्भर ज्वेलर्स दोलखाका प्रोपाईटर रिजाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।
साधारणभाले आगामी तीन वर्षका लागि १९ सदस्सीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।संघको प्रथम उपाध्यक्षमा विष्णुभक्त बराईली (काठमाडौ ) र द्वितिय उपाध्यक्षमा सानुबाबु बराईली (धादिङ)निर्वाचित भएका छन।संघको महासचिवमा बाल कुमार विश्वकर्मा सुमन (काठमाडौ),सचिवमा प्रेम बहादुर विश्वकर्मा (सुनसरी), कोषाध्यक्षमा श्याम कुमार विश्कर्मा (काठमाडौ)र सहकोषाध्यक्षमा सुदिप रसाईली (धादिङ)निर्वाचित भएका छन ।

साधारणसभाले सदस्यहरुमा दिपक धनुके (दोलखा ) कृष्ण गहतराज (रामेछाप),तिलक बहादुर विश्वकर्मा (झापा)देव बहादुर विश्वकर्मा (धनकुटा) नविन रसाईली (काठमाडौ), दिपेन्द्र विश्वकर्मा, केदारनाथ सुनार गहतराज, मानबहादुर विश्वकर्मा,पम्फा श्रेष्ठ,राजिन बराईली,अर्जुन विश्वकर्मा र देवी गौतम गहतराज समेत सदस्यमा निर्वाचित गरेको छ।त्यस्तैगरि सुर्य कुमार बराल र दुर्गा बिक सदस्यमा मनोनित भएका छन्।

सुनचाँदी कला व्यवसायी संघमा १ हजार भन्दा बढी सदस्य रहेका छन भने देशभर शाखा बिस्तार भएको छ। निवर्तमान अध्यक्ष केशर विश्वकर्माले नवनिर्वाचित अध्यक्ष रिजाललाई शनिवार नै पदभार हस्तान्तरण गरेका छन।नवननिर्वाचित अध्यक्ष रिजालले व्यवसायिक हकहित प्रवर्द्दन ग्राहक सचेतना,कालीगढको सिप तथा कला अभिवृद्धिमा जोड दिने बताउनुभयो।

याे पढ्न छुटाउनु भयाे की ?

हनुमन्तेश्वर क्याम्पसको अध्यक्षमा पन्त निर्वाचित

Nabin Kumar Khatiwada

शिक्षक कल्याण को हाजिर जवाफमा त्रिपूरा प्रथम

Kedar Dahal

एमाले कैलाली जिल्ला सल्लाहकार सहित ५ जनाले रोजे नेकपा एस

Friendship Khabar