फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश राजनीति

नेकपा एस वैतेश्वर काठमाडौ संपर्क मञ्चको अधिवेशन अध्यक्षमा श्याम ढुंगेल

काठमाडौ/नेपाल कम्युनिस्ट पार्टी( एकीकृत समाजवादी ) बैतेश्वर दोलखा काठमाण्डौ सम्पर्क मञ्च को दोश्रो अधिबेशन सम्पन्न भएको छ।

नेकपा (एस) पार्टी केन्द्रिय कार्यालय आलोकनगर, बानेश्वर मा गत शनिबार (हिजो) सम्पन्न भएको उक्त अधिबेशन ले श्याम ढुङ्गेलको अध्यक्षतामा १७ सदस्यीय सम्पर्क मन्च गठन गरिएको छ।कमिटीको उपाध्यक्षमा अमृत दाहाल ,सचिव राजकुमार दाहाल, सह-सचिव मिना ढुङ्गेल,कोषाध्यक्ष शन्तोष दाहाल रहेका छन। सदस्य हरुमा क्रमश: कृष्ण बहादुर कार्की,शान्ति प्रसाद दाहाल, राजकुमार दाहाल,कुमार बहादुर दाहाल, रेवती प्रसाद न्यौपाने, नवराज कार्कि, कुमार कार्की, बद्री बहादुर कार्की, सुजन बस्याल,प्रकाश तोलाङ्गी, राम्जी ढुङ्गेल, करिना मिजार रहेका छन!!!
सम्पर्क मन्चका अध्यक्ष मेघराज घिमिरे को सभापतित्वमा सम्पन्न अधिबेशन को नेकपा (एस) केन्द्रीय सदस्य प्रमुख अतिथी गोपाल प्रसाद न्यौपाने,विशेष अतिथि जिल्ला कमिटी अध्यक्ष भिम प्रसाद दाहाल,अतिथि हरु जिल्ला कमिटी सचिवालय सदस्य एबम बैतेश्वर गाउँ सङ्गठन कमिटी अध्यक्ष टहल बहादुर खडका,अनेरास्ववियू केन्द्रीय उपमहासचिव कल्याण दाहाल,दोलखा काठमाण्डौ मन्च अध्यक्ष हरिहर कार्की,बागमती प्रदेश कमिटी सदस्य सुसिला शर्मा लगाएत ले शुभकामना मन्तव्य दिएका थियो।
बिहान ११:३० मा शुरु भएको अधिबेशन खुल्ला सत्र पश्चात् बन्द सत्र का निर्वाचन मण्डल अध्यक्ष जिल्ला कमिटी सचिव अशोक कुमार दाहाल ले निर्बिरोध निर्वाचित सम्पर्क मंच का सदस्य को नाम घोषणा गरेका थिए भने नव निर्वाचित कमिटी लाई प्रमुख अतिथि केन्द्रिय सदस्य गोपाल न्यौपानेले सपथ ग्रहण गराइ बधाइ तथा शुभकामना प्रदान गर्दै कार्यक्रम पुर्ण रुपमा समापन भएको कार्यक्रमको सन्चालक युवा नेता नितेश कुमार थामी ले जानकारी दिएका छन।

याे पढ्न छुटाउनु भयाे की ?

जनसचेतनद्वारा धितो लिलामी

Nabin Kumar Khatiwada

लालीगुरास अस्पतालमा कोरियन थर्मल थेरापी सेवा शुरु

Friendship Khabar

दोलखामा जनजाति महासंघ समाजबादी सहित ४ घटक संघ गठन

Friendship Khabar