फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश समाचार स्थानीय समाचार

प्राधिकरण दाेलखाले गर्याे रक्तदान

दाेलखा/नेपाल विद्युत प्राधिकरणकने ३८ औं वाषिर्कोत्सवकाे अवसरमा दाेलखा वितरण केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विहीबार विहान दाेलखा वितरण केन्द्रकाे चरिकोट महशुल संकलन केन्द्रमा आयोजना गरेको रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका नेपाल विद्युत प्राधिकरण दाेलखा वितरण केन्द्र प्रमुख मेघनाथ ढकालले जानकारी दिए ।

वाषिर्कोत्सवकाे अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको प्राधिकरणले यस वर्ष रक्तसञ्चार केन्द्र दाेलखासँगकाे समन्वयमा रक्तदान कार्यक्रम गरेको हाे ।केन्द्रले आन्तरिक रूपमा ब्याडमिन्टन प्रतियोगिता समेत सम्पन्न गरिसकेको छ।विश्वकर्मा पूजा समेत रहेकाले वाषिर्कोत्सवकाेे दिन कार्यालय परिसरमा निर्माण गरिएको विश्वकर्मा मन्दिर समेत उद्घाटनकाे कार्यक्रम रहेको प्रमुख ढकालले जानकारी दिए ।
रक्तदानमा प्राधिकरणका कर्मचारी र व्यापारीहरूकाे सहभागीता थियाे ।

याे पढ्न छुटाउनु भयाे की ?

हनुमन्तेश्वर क्याम्पसको अध्यक्षमा पन्त निर्वाचित

Nabin Kumar Khatiwada

समृद्ध दोलखा गठबन्धनबाट मात्रै पुरा हुने :- खड्का

Friendship Khabar

समाजबादी सहकारी संगठनको अध्यक्षमा अर्याल

Nabin Kumar Khatiwada