फ्रेण्डसिप खबर
गृह पृष्ठ

पाँचौ राष्ट्रपति रनिङ शिल्ड जिरीकाे उपाधि सहिद स्मृतिलाई, लगातार चाैथाे पटक सम्म विजेता

केदार दहाल
दोलखाको जिरी नगरपालिका स्तरिय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी लगातार चौथो पटक सहिद स्मृति आवासीय माविले जितेको छ ।

जिरी माविको व्यवस्थापनमा जिरी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा १३ स्वर्ण, ५ रजत र ५ कास्य गरी २३ पदकका साथ सहिद स्मृति आवसिय माविले उपाधी हात पारेकाे हो । त्यसैगरि प्रतियोगितामा बौद्धभुवनेश्वरी माविले ७ स्वर्ण, ७ रजत र ५ कास्य गरी १९ पदकका साथ आफूलाई दोस्रो स्थानमा र जिरी माविले ६ स्वर्ण, ६ रजत र १ कास्य गरी १३ पदक सहित तेस्रो स्थानमा रहन सफल भएकाे छ।

प्रतियोगितामा प्रथम, दाेश्राे र तेश्राे हुनेलाई क्रमश ३० हजार, २० हजार र १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । विजेता तथा खेलाडीहरुलाई नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का, जिरी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव कुमार कार्की लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

यही पौष ९ गतेबाट जिरी माविमा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रतिनिधिसभा सांसद गंगा कार्कीले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा जिरी नगरपालिकाभित्रका ९ वटा विद्यालयको सहभागिता रहेको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

मेयर हर्क साम्पाङले सार्वजनिक गरे सय दिनका कामहरु

Nabin Kumar Khatiwada

अमार्क एसिया प्यासिफिकको उपाध्यक्षमा सुवास खतिवडा निर्विरोध निर्वाचित

Friendship Khabar

महिलाहरुको क्षमता अभिवृद्धि सम्बन्धि प्रशिक्षण तालिम शुरु

Friendship Khabar