फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति समाचार

सांसद रिजालद्वारा निर्वाचन खर्च सार्वजनिक

चरिकोट/राष्ट्रिय सभाका नव निर्वाचित सदस्य घनश्याम रिजालले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका छन।

नेकपा एकीकृत समाजवादी दोलखाकोको पहिलो बैठक तथा प्रशिक्षण कार्यक्रममा सांसद रिजालले राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफुले गरेको आफ्नो खर्च विवरण सार्वजनिक गरेका हुन।

नेपाल पत्रकार महासंघ दोलखाको सभाहलमा आयोजना गरिएको पार्टीको बैठक तथा प्रशिक्षण कार्यक्रममा रिजालले खर्च विबरण प्रस्तुत गर्दै कुल रु ६९ हजार ८ सय ३ रुपैयाँ बराबर खर्च भएको जानकारी दिएका छन।

यसैबीच सांसद रिजालले बिज्ञप्ती मार्फत पनि सवै प्रती धन्यवाद दिदै आफ्नो खर्च विवरण सार्वजनिक गरेका छ्न।उनले लेखेका छन २०८० माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पाटी एकिकृत समाजवादीको प्रतिनिधित्व गर्दै वागमती प्रदेश अन्तर्गत दलित समूहबाट राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार भई निर्वाचित भएको थिएँ । उक्त निर्वाचनमा मलाई आफ्नो अमूल्य मत दिई विजयी गराउनुहुने बागमती प्रदेश भित्रका सम्पूर्ण प्रदेश सभाका सदस्यज्यूहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख/उपप्रमुखज्यूहरु र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षज्यूहरु प्रति कृतज्ञता सहित हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै उक्त निर्वाचनमा मलाई अवसर प्रदान गरेकोमा हाम्रो पार्टी नेकपा एकिकृत समाजवादी लगायत राष्ट्रिय सभा निर्वाचनका गठवन्धन दलहरुलाई समेत धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण सुभेच्छुक तथा शुभचिन्तक महानुभावहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै उक्त निर्वाचनमा म उम्मेदवारको तर्फबाट तपसिल अनुसारको खर्च भएको व्यहोरा जानकारी गराउँदछु ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखाको विकट गाउँमा ११४ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Nabin Kumar Khatiwada

“आधुनिक विश्व परिवेशमा हरित हाइड्रोजन ईन्धनको सान्दर्भिकता”

Friendship Khabar

भ्रष्टाचार भएको भन्दै नेकपा एस द्वारा जिरीमा ध्यानाकर्षण

Friendship Khabar