फ्रेण्डसिप खबर
कृषि देश बागमती प्रदेश

बाँदर आतंक नियन्त्रणका लागि किसानले बुझाए ध्यानाकर्षण पत्र

चरिकोट/बादर आतंक नियन्त्रणका लागि किसानले दबावमुलक र्‍याली एवं ध्यानाकर्षण गराएका छन् ।

दोलखाको मेलुङ गाउँपालिका वडा नं ७ बाट सयौं संख्यामा किसान आइ सदरमुकाम चरिकोटमा र्‍याली प्रदर्शन गरेको हो।

मेलुङ गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष नवराज खड्का सहितको नेतृत्वमा ११० जना कृषको टोलिले चरिकोट बजार परिक्रमा गरि लिखित हस्ताक्षरमा भएको ध्यानाकर्षण पत्र जिल्ला स्थित राजनैतिक दल,प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको हुन।

ज्ञापन पत्रमा बादर आतंकले किसान लाई आक्रान्त पारेको भन्दै विभिन्न ७ बुदे माग राखेको छन।मागमा भनिएको छ
१. बाँदर आतंकको दिगो समाधान र वाँदर नियन्त्रणका लागि तत्काल नेपाल सरकारले आवश्यक निती बनाएर यसको प्रभावकारी कार्यान्वयन गर ।
२. बाँदरवाट नष्ट भएको बालीनालीको उचित क्षतिपुर्तिको व्यवस्था गर ।
३. वाली उत्पादन सिजन अनुसार बाँदर हेरालुको तत्काल व्यवस्था गर ।
४. वाँदर धपाउँदा भएको जनधनको उचित क्षतिपुर्तिको व्यवस्था गर ।
५. वाली विमाको प्रभावकारी कार्यान्वयन गर ।
६. कृषिमा आवश्यक ज्ञान शिप क्षमताको अभिवृद्धि गर्दै उचित प्रविधि र लगानीको व्यवस्था गर ।
७. कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गर ।

याे पढ्न छुटाउनु भयाे की ?

४२ करोड रोयल्टी नबुझाउने याक एण्ड यतिको इजाजतपत्र रद्द

Friendship Khabar

श्रम मन्त्रीको निर्देशनमा मेनपावरमा छापा, ८७ थान पासपोर्ट जफत

Friendship Khabar

वडाध्यक्षले गराए आफ्नै खर्चबाट जेष्ठ नागरिकलाई राष्ट्रप्रमुखसँग भेट

Friendship Khabar