फ्रेण्डसिप खबर
Breaking खेलकुद गृह पृष्ठ देश बागमती प्रदेश

लगातार पाँचौ पटक उपाधि उचाल्दै सहिद स्मृति आवासीय मावि जिरी

केदार दहाल
जिरी / दोलखाको जिरी नगरपालिका स्तरिय छैटाैँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी लगातार पाँचौ पटक सहिद स्मृति आवासीय माविले जितेको छ ।

जिरी माविको व्यवस्थापनमा जिरी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा १७ स्वर्ण, ५ रजत र २ कास्य गरी जम्मा २४ पदक प्राप्त गरि उपाधि जितेकाे छ । उपविजेता बनेको जिरी माविले ७ स्वर्ण, ७ रजत र २ कास्य गरी १६ पदक प्राप्त गरेको छ भने तृतीय स्थान लिन सफल सरस्वती माविले ३ स्वर्ण, २ रजत र ३ कास्य गरी ८ पदक लिएको छ ।

प्रतियोगितामा प्रथम, दाेश्राे र तेश्राे हुनेलाई क्रमश ३५ हजार, २५ हजार र १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । विजेता तथा खेलाडीहरुलाई नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का, जिरी माविका प्रअ कुमार जिरेल, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले पुरस्कार वितरण गर्नुभएको थियो ।

यही माघ १९ गतेबाट जिरी माविमा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रतिनिधिसभा सांसद गंगा कार्कीले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा जिरी नगरपालिकाभित्रका ९ वटा विद्यालयको सहभागिता रहेको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

बन्यजन्तु बाट सुरक्षा दिन उपयोगी बन्दैछन सुधारिएको खोर

Nabin Kumar Khatiwada

कृषि तथा भेटेनरी प्राविधिक हकहित संरक्षण प्रदेश समिती गठन

Friendship Khabar

नेकपा माओवादी केन्द्रले व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गर्ने निर्णय ।

Kedar Dahal