फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश समाचार

नव जनउत्थानको साधारण सभा, शेर्पाको नेतृत्वमा नयाँ समिति चयन

नवीन कुमार खतिवडा

खावा/नव जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

यसअघि संस्थाको एकाइगत साधारण सभाहरू २०८२ असोज १० गते काठमाडौंमा,असोज २३ गते मुख्य कार्यालय बैतेश्वर–३,खावा तथा जनउत्थान सेवा केन्द्र यार्सा र लहरेमाने सेवा केन्द्रमा सम्पन्न भएका थिए। उक्त एकाइगत सभाहरूबाट पारित निर्णयहरू प्रमाणित गर्दै आज केन्द्रीय साधारण सभा सम्पन्न गरिएको हो।

संस्थाका अध्यक्ष तेन्जिङ शेर्पाको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि दोलखा बचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमिराज खड्काले सभाको उद्घाटन गर्नुभएको थियो।

साविकका तीन सहकारी संस्था — जनउत्थान, नव ज्योति र वैशाखेश्वर महादेव — बीच २०७७ मा भएको एकीकरणपछि स्थापित यो सहकारी संस्थाले अहिले बैतेश्वर गाउँपालिका र जिरी नगरपालिका क्षेत्रमा सेवा विस्तार गर्दै आएको छ।

साधारण सभामा संस्थाका कोषाध्यक्ष सुकु शेर्पाले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म संस्थाको कुल पुँजी २१ करोड ७८ लाख ३० हजार ३ सय ४५ रुपैयाँ पुगेको जसमध्ये शेयर पुँजी २ करोड ३ लाख ९ हजार २ सय रुपैयाँ, जगेडा कोष १ करोड १८ लाख ११ हजार ८१ रुपैयाँ र बचत निक्षेप १७ करोड ४७ लाख ६ हजार ५०२ रुपैयाँ रहेको जानकारी दिनुभयो।
संस्थामा हाल २ हजार ७ सय शेयर सदस्य र ९१० जना बाल बचतकर्ता सदस्य रहेका छन्। संस्था हाल जोखिममा आधारित सुपरिवेक्षण कार्यक्रम प्रमाणिकरण ब्रान्डका लागि सहभागितामा रहेको छ।

संस्थाले बचत तथा ऋण सेवाका साथै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ। संस्थाका सचिव केदार दहालका अनुसार संस्थाले जेहेन्दार विद्यार्थी छात्रवृत्ति, प्राकृतिक प्रकोप पीडितलाई आर्थिक सहयोग, सदस्यहरूको स्वास्थ्य उपचारमा सहयोग, उत्कृष्ट बचतकर्ता, ऋणी र शेयर खरिदकर्तालाई सम्मान, पेवा वृद्धि कार्यक्रम, सुत्केरी भेटघाट, मनिट्रान्सफर सेवा र SEE तयारी कक्षा सहयोग जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। साथै, सदस्य सुरक्षा कोषमार्फत सदस्यको मृत्यु भएमा उनका आश्रित परिवारलाई ३० हजार रुपैयाँसम्म आर्थिक सहयोग प्रदान गरिँदै आएको छ।साधारण सभाको अवसरमा जेष्ठ सदस्य, उत्कृष्ट शेयर खरिदकर्ता, असल ऋणी, नियमित बचतकर्ता, उत्कृष्ट कर्मचारी र SEE उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि भुमिराज खड्का, विशेष अतिथि जिल्ला सहकारी संघ दोलखाका कोषाध्यक्ष नविन कुमार खतिवडा र अतिथिहरु वैतेश्वर गाउँपालिका सहकारी शाखा प्रमुख  मुक्ति प्रसाद दहाल, नेफ्स्कुन फिल्ड कार्यालय चरिकोटका शाखा प्रमुख कर्मा लामालगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

यसै बीच संस्थाको आगामी चार वर्षका लागि संस्थाको नयाँ कार्यसमिति गठन गरिएको छ। जसअनुसार तेम्बा शेर्पाको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेकाे छ जसअनुसार उपाध्यक्षमा सोनाम शेर्पा, सचिवमा मंगले शेर्पा, कोषाध्यक्षमा सूकु शेर्पा, सदस्यहरु सरिता खड्का पौडेल, केशब कार्की, सोनी शेर्पा, पासाङ ल्हमु शेर्पा र गेन्बा शेर्पा निर्वाचित भएका छन् । त्यसैगरी लुक्छिरी शेर्पाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरिएको थियाे। जसमा सदस्यहरु दावा शेर्पा र रेन्जी शेर्पा निर्वाचित भएका छन ।

याे पढ्न छुटाउनु भयाे की ?

‘श्रमिकसँग श्रम मन्त्री’पहिलो दिन एकघण्टा श्रमिकका गुनासा

Friendship Khabar

समाजवादी दोलखा द्वारा प्रशासनमा ११ बुदे ज्ञापन पत्र,यस्ता छन मागहरू

Nabin Kumar Khatiwada

वडाध्यक्षले गराए आफ्नै खर्चबाट जेष्ठ नागरिकलाई राष्ट्रप्रमुखसँग भेट

Friendship Khabar