फ्रेण्डसिप खबर
Breaking खेलकुद गृह पृष्ठ देश बागमती प्रदेश समाचार स्थानीय समाचार

वैतेश्वर रनिङ शिल्ड हनुमन्तेश्वर माविकाे कब्जामा

केदार दहाल
“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ बैतेश्वर गाउँपालिकाको आयोजना र कालिढुङ्गा माविको व्यस्वस्थापनमा कालिढुङ्गा माविमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी हनुमन्तेश्वर माविले हात पारेको छ ।

प्रतियोगितामा हनुमन्तेश्वर माविले १३ स्वर्ण, ५ रजत र २ कास्य गरी २० पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएको हो । हनुमन्तेश्वर माविले जनज्योति माविलाई पछि पार्दै छैटौं राष्ट्रपति रनिङ शिल्डको उपाधि उचालेको हो । उपविजेतामा जनज्याेति माविले ६ स्वर्ण, ३ रजत र ५ कास्य गरी १४ पदक प्राप्त गरेको छ । यसैगरी कालिढुङ्गा माविले २ स्वर्ण, ५ रजत र ३ कास्य गरी १० पदक सहित तृतीय स्थान कब्जा गरेको छ । राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत विभिन्न विधामा भएको खेलबाट जलदेवि माविले ९ पदक, विष्णु माविले ६, क्षत्रावती माविले ५ पदक, बैतेश्वर माविले २ पदक र कालिका माविले र लालि गुराँस ब्राइट फ्युचर पदक विहिन भएका छन् भने गत वर्षकाे पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हनुमन्तेश्वर माविले कार्यविधि विपरीत भएको भनी साे खेल बहिस्कार गर्दै सहभागी भएको थिएन भने हनुमन्ते माविकाे चाैथाे संस्करणकाे रनिङ शिल्ड हनुमन्ते माविकाे नाम बाट खाेस्दै जनज्योति माविले आफ्नो कब्जामा पारेकाे थियोे ।

मिति २०८२ मंसिर ११ गते देखि सुरु भएको प्रतियोगितामा पालिका भित्रका ९ वटा बिद्यालयको सहभागीता रहेको थियो । गाउँपालिका अध्यक्ष छवि लामाकाे अध्यक्षतामा सम्पन्न भएको प्रतियोगिताकाे प्रमुख अतिथि पुर्व जिल्ला सभापति रुद्र ब खड्का रहेका थिए भने  विजेता खेलाडी र विजेता विद्यालयहरुलाई शिल्ड, पदक, मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

लम्पी स्किन प्रभावित पशुको उपचारको लागि हेफरद्वारा औषधि हस्तान्तरण

Friendship Khabar

बैतेश्वर गाउँपालिकामा शनिबारमात्रै बिदा

Rajkumar Dahal

एमाले दोलखाको अध्यक्षमा तीनजना को उम्मेदवारि

Kedar Dahal