फ्रेण्डसिप खबर
धर्म र संस्कृति

स्वास्थ्य मापदण्ड पालना गरी संस्कृतिलाई संरक्षण गर्न आग्रह गर्दै ल्होसारको शुभकामना

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले २६०६ औँ तमु ल्होसारका अवसरमा स्वास्थ्य मापदण्ड पालना गरी संस्कृतिलाई संरक्षण गर्न आग्रह गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । मन्त्री खतिवडाले जारी गर्नुभएको विज्ञप्तिमा गुरुङ समुदायको नयाँ वर्ष ल्होसार पर्वले तमु जातिलगायत सम्पूर्ण नेपालीमा हार्दिकता, सहिष्णुता, सद्भाव र सम्मान कायम गर्ने विश्वास व्यक्त गरिएको छ ।

विविध रङका फूलको साझा फूलबारीका रुपमा रहेको मुलुकमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता भएकाले एक अर्काको धर्म, संस्कृति, परम्परा र रीतिरिवाजप्रति उच्च सम्मान गर्नुपर्ने उल्ल्ेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “हाम्रो देशमा समुदाय तथा स्थान विशेषअनुसार फरक–फरक भाषा, धर्म, संस्कृति, वेषभूषा रहेका छन्, जुन हाम्रो गहना हो, यस्ता विविध खालका परम्परा र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु राज्यको कर्तव्य हो ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा केही वर्षयता भित्रिएको र महामारीका रुपमा विश्वलाई ज्यादै दुःख दिएको कोरोनाअर्थात् कोभिड–१९ नियन्त्रणमा विभिन्न प्रयास गर्दै आएको उल्लेख गरिएको विज्ञप्तिमा रोगको प्रभाव पछिल्लो कालमा निक्कै कम पार्न सफल भएको जनाइएको छ ।

पछिल्लोपटक यसको तेस्रो लहरका रुपमा ओमिक्रोन भाइरसको उत्पत्तिले यसलाई नियन्त्रण गर्न सबैको साझा प्रयासको खाँचो औँल्याइएको विज्ञप्तिमा चाडपर्वमा भीड नगरी स्वास्थ्य मापदण्ड पालना गरी संस्कृतिलाई संरक्षण गर्न आग्रह गरिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

एकमहिने स्वस्थानी व्रत आजबाट विधिपूर्वक समापन

Rajkumar Dahal

द्वाल्खा संस्कृतिका जिउँदो इतिहाँसकार, ओछ्यान पर्दा गुमनाम

Kedar Dahal

सांसद रिजाल द्वारा श्री कृष्ण कथाको उद्घाटन

Nabin Kumar Khatiwada