फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ राजनीति समाचार

उप्रेतीको संयोजकत्वमा उज्यालो नेपाल पार्टी दोलखा गठन

चरिकोट/हिरण्यराज उप्रेतीको संयोजकत्वमा उज्यालो नेपाल पार्टी दोलखा गठन भएको छ । राजधानीको कोटेश्वरमा भएको भेलाले उप्रेतीको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरेको हो ।

भेलामा केन्द्रीय सदस्य डा.बिशाल कुमार भण्डारीले दोलखामा पार्टी विस्तारको कार्यलाई निरन्तररुपमा अघि बढ्ने बताउनुभयो । भण्डारीले भन्नुभयो “यो पार्टी जेनजी आन्दोलनको जगमा बनेको पार्टी हो ।

पुराना पुस्ताको ज्ञान र नयाँ पुस्ताको नेतृत्वमा देशको रुपान्तरण गर्न यो महत्वपूर्ण अवसर हो ।“
उज्यालो नेपाल पार्टीको घोषणासभाको पूर्वसन्ध्यामा दोलखाको जिल्ला कमिटी घोषणा भएको हो । दोलखामा कमिटी विस्तार र सदस्यता विस्तारको कार्यलाई तीव्रता दिइने जनाइएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

विष्णु पौडेलले राजधानीसँग अर्थमन्त्री साट्नुभयो:-गुरुङ

Friendship Khabar

समाजवादी कानुन व्यवसायी संगठनको अध्यक्षमा देवेन्द्र सुवेदी

Friendship Khabar

पहिरो पीडितलाई लायन्स क्लबको राहत

Friendship Khabar