तेन्जिङ शेर्पा
असाेज-३, जिरी दाेलखा
दोलखा जिल्ला जिरी नगरपालिका वडा नम्बर ८ मा दुई दिनको फरकमा दुई जना मानिसलाई आक्रमण गरि घाईते बनाएको छ ।

मिति २०८२ असोज २ गते दिउँसो जिरी ८ निगालेका अन्दाजि ५५ वर्षिय दावा शेर्पालाई बाख्रा चराउने क्रममा आक्रमण गरि घाईते बनाएको छ । निजको देब्रे पट्टीको हात भाँचेको छ भने शरिरको पछाडी पट्टीको ढाड क्षेत विक्षेत बनाएको छ । निजलाई उपचारको लागि काठमाडौं लगिएको छ र अहिले काठमाडौंमा उपचार भै रहेको छ भने आज सोहि भालुले जिरी -८ नेपानेका दिलिप तमाङलाई ३०/४० जना मानिसहरुको बिचमा नै आएर टाउकोमा आक्रमण गरि गम्भिर घाईते बनाएको छ निजको अवस्था गम्भिर रहेको छ । आज २०८२ असोज ३ गते हिले , निगाले, नेपाने राम्बोलेका सबै मानिसहरु जम्मा भएर सोहि भालु त्यहाँ बाट खेद्ने कोसिश गरे पनि सो कार्य असफल भएको छ । अन्दाजी १९० केजि जति देखिने सो भालु हिंस्रक रहेको स्थानियले बताएका छन । पछिल्लो समया बैतेस्वर ३ र ४ जिरी नपा ७, ८ मा स्थानियहरुकाे मकै, आलु लगायत खेति बालि खाएर सखाप पारेको छ भने जंगलमा गाई, बस्तु, बाख्रा चराउने जाने, घाँस पात लिन जाने र बाटोमा आवतजावत गर्न जाने मानिसहरु धेरै आतंङकित भएका छन्।


