श्रावण ३१/सहकारी संघ संस्थाले आफ्नो वित्तीय विवरण मासिक रुपमा आफ्ना शेयरधनीलाई जानकारी गराउनु पर्ने भएको छ ।
सहकारी विभागले मंगलबार एक निर्देशन जारी गर्दै यस्तो प्रावधान कार्यान्वयनमा ल्याइएको हो। प्रत्येक सहकारी संस्थाका सञ्चालक समिति र व्यवस्थापकले पहिलो चरणमा एक साता भित्र र त्यसपछि मासिक रुपमा यस्तो विवरण सार्वजनिक गर्नु पर्ने विभागले जारी गरेको निर्देशनमा उल्लेख छ ।
सहकारी विभागले जारी गरेको निर्देशन अनुसार संस्थाले शेयर पूँजी, जगेडा कोष, कुल बचत, लगानीमा रहेको कर्जा, कूल सेयर सदस्य संख्या, कुल ऋणी सदस्य, तरलता रकम र प्रतिशत, कुल निक्षेप पूँजी र विभिन्न कोषमा रहेको रकम सार्वजनिक गर्नु पर्ने छ ।
विभागले आफु आबद्ध संस्था को चासो राख्नुका साथै बेलाबेलामा संस्थाको कारोबार तथा वित्तीय अवस्थाको जानकारी लिन समेत शेयर सदस्य वचतकर्तालाई अनुरोध गरेको छ । विभागले संस्थाका साधारणसभा तथा अन्य गतिविधिमा भाग लिन शेयर सदस्यलाई आग्रह समेत गरेको छ ।



