फ्रेण्डसिप खबर
गृह पृष्ठ राजनीति लुम्बिनी प्रदेश

ओलिले कम्युनिष्ट भन्ने बित्तिकै जनता डराउने अवस्था बनाए:-चौधरी

लमही /नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आएको बताएका छन् ।
एकीकृत समाजवादीको जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘कम्युनिष्ट पार्टीको दुई तिहाई नजिकको सरकार बन्ने अनि सत्ता जोगाउन संविधान विपरित संसदको दुई दुई पटक हत्या गर्ने भएपछि जनताले कम्युनिष्ट पार्टीलाई किन भोट हाल्ने भनेर प्रश्न गर्न थालेका छन् ।’
एमाले अध्यक्ष केपी ओलीले जनताले पहिलो पटक बनाएको नयाँ संविधान कोल्याप्स गर्न खोजेको बताउदै मन्त्री चौधरीले थपे, ‘ठुलो पार्टी, तेत्रा सांसद हुँदा पनि आज एमालेसँग भोट माग्ने नैतिक हैसियत छैन । अब उसलाई किन भोट हाल्ने ? अब उसलाई किन ठुलो पार्टी बनाउने ? जनता प्रश्न गरिरहेका छन् ।’
कम्युनिष्टहरु शान्ति, संविधान र लोकतन्त्रप्रति प्रतिवद्ध हुनुपर्ने बताउँदै सहरी विकास मन्त्री चौधरीले एकीकृत समाजवादी बृहत कम्युनिष्ट एकताको पक्षमा रहेको धारणा राखे ।
एकीकृत समाजवादीको लमही नगर कमिटीले आयोजना गरेको सो कार्यक्रममा केन्द्रीय सदस्य शारदा श्वर्णकार, जिल्ला अध्यक्ष शुरामणि बेल्बासे, युवा संघका जिल्ला अध्यक्ष हरिष गिरी लगायतले मन्तव्य राखेका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

गाउँ पालिकाकाे स्थायी केन्द्र ताेकेकाे २४ घण्टा नबित्दै वडा अध्यक्ष द्वारा प्रमुखकाे कार्यकक्षमा ताेडफाेड

Friendship Khabar

कलम अंकित झण्डा लेनिन पिकमा फहराउदै लालबहादुर

Friendship Khabar

वडाध्यक्षले गराए आफ्नै खर्चबाट जेष्ठ नागरिकलाई राष्ट्रप्रमुखसँग भेट

Friendship Khabar