फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ राजनीति

गठबन्धनले जिते विकास ले गति लिने:-श्रम मन्त्री कुँवर

अछाम/श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले गठबन्धनले जितेमा यस क्षेत्रका विकास निर्माणका कामले गति लिने बताउनुभएको छ ।
अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनु भएका कुँवरले गठबन्धनले जितेमा सेती लोकमार्गको काम तीन वर्षमा सम्पन्न गर्ने, वुढीगंगा जलविद्युत आयोजनाका कामलाई तीव्रता दिने, वयालपटा अस्पताल र एयरपोर्टको स्तरोन्नति, वुढीगंगा नदीले गर्दै आएको कटान न्यूनीकरण लगायतका अछामका गौरवका आयोजनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
देशको अग्रगमन र विधिको शासनको लागि गठबन्धन बनेको र यो पछिसम्म कायम रहने उहाँको भनाइ छ ।
यस्तै एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य एवम् पूर्व कानून मन्त्री गोविन्द बन्दीले संविधान र लोकतन्त्रको रक्षाको लागि पाँच पाँचदलीय गठबन्धन बनेको बताउनुभयो ।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा एस केन्द्रिय परिषद बैठक,यी हुन पारित १५ बुँदे प्रस्ताव

Friendship Khabar

SEE परिक्षा भाेलिदेखि, दाेलखाबाट ९७ विद्यालयका विद्यार्थी सहभागी हुँदै

Kedar Dahal

एकीकृत फ्रेण्डसिप साकाेसकाे आठौं बार्षिक साधारणसभा निर्वाचन कार्यक्रम सहित सम्पन्न

Nabin Kumar Khatiwada