फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश

काप्ती लघु जलविद्युतको आम्दानी खर्च माग गर्दै प्रशासनमा निवेदन

चरिकोट /दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ५  मा निमार्ण भएको काप्ती लघु जलविद्युत आयोजनाको आम्दानी तथा खर्च  विवरण सार्वजनिक गर्न माग गर्दै स्थानीय उपभोक्ताले जिल्ला प्रशासन कार्यलय दोलखामा  निवेदन  दिएका छन् ।

दोलखा गौरीशंकर गाउँपालिका ५  काप्तीमा ११ वर्ष अघि निमार्ण भएको ५० किलोवार्ड क्षमताको काप्ती खोला लघु जलविद्युत आयोजनाको हाल सम्म पनि आम्दानी, खर्च विवरण सार्वजनीक नभएको भन्दै स्थानीय उपभोक्ताले निवेदन  दिएका हुन् । योजना निमार्णको लागि वैकल्पिक उर्जा प्रवर्धन केन्द्रबाट सत्तरी लाख रुपैयाँ अनुदान रकम प्राप्त भएको स्थानीयको भनाई छ। आयोजना सम्पन्न गर्नको लागि स्थानीय उपभोक्ताको  श्रमदान र श्रमदानमा नजाने घर धुरीले प्रत्येक परिवार सोह्र हजार रुपैयाँका दरले  रकम सहयोग गरी उक्त आयोजना निमार्ण सम्पन्न गरिएको बताएका छन् ।
स्थानीय उपभोक्ताहरु ध्रुब खड्का,आङडेण्डी शेर्पा, आङछिरी शेर्पा,रामबहादुर खड्का सहितको समुहले छानविन गर्न माग गर्दै  दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलाई निवेदन बुझाएका छन् । उक्त स्थानमा केन्द्रीय प्रसारण लाइन पुगेको कारण अहिले सो आयोजना बन्द रहेको छ । समितिले गैरकानूनी ढंगले ११  लाख चौरासी हजार रुपैया   आयोजनाको ऋण छ भनि कवाडीको सामान बेचबिखन समेत गर्न लागेको आरोप उनिहरुको छ। उपभोक्ताले पटक पटक लागत सार्वजनिक गर्न,उपभोक्ताको लगानी स्पष्ट पार्न,आयोजनाको आम्दानी र खर्च विवरणलाई सार्वजनिक सुनुवाई गर्न सञ्चालक समितिलाई लिखित तथा मौखिक निवेदन दिए पनि कुनै सुनुवाई नभएको गुनासो उनिहरूकाे छ ।

याे पढ्न छुटाउनु भयाे की ?

सहकारीका चुनौती व्यवस्थापन गर्न ११ बुदे प्रतिबद्धता

Kedar Dahal

कार्यवाहक वडा अध्यक्ष सहित दर्जनौं नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

Friendship Khabar

राजनीतिमा सुधार र समृद्धि निर्माणका आधार

Friendship Khabar