फ्रेण्डसिप खबर
समाचार स्थानीय समाचार

नेराशि संगठन वैतेश्वोरकाे तेस्रो गाउँ परिषद सम्पन्न, नव प्रवेशी शिक्षकहरुलाई सम्मान

पुष्कर अधिकारी
वैतेश्वर/नेपाल राष्ट्रिय शिक्षक संगठन वैतेश्वोर गाउँपालिका कमिटि वैतेश्वरकाे तेस्रो गाउँ परिषद र march to local level कार्यक्रम सम्पन्न भएको छ।

वैतेश्वोर संगठनका अध्यक्ष भरत के सि को अध्यक्षता र शिक्षक महासंघ दोलखाका अध्यक्ष पदम बहदुर जिरेल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।कार्यक्रमकाे अवसरमा वैतेश्वोर गाउँपालिकाबाट शिक्षक सेवा आयोगको विभिन्न तहमा सफल हुनुहुने २३ जना शिक्षकहरुलाइ सम्मान गरेको छ। 

कार्यक्रममा संगठनका उपाध्यक्ष सुरेन्द्र पोखरेलले स्वागत मन्तव्य, सचिव रमेश प्रसाद घिमिरेले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष केशव प्रसाद दहालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयको थियोे । कार्यक्रम का विशिष्ट अतिथिहरु बाल कुमार गिरी, किशोर दहाल, कुमार चौलागाईं र शान्ता जिरेलले शुभकामना मन्तव्य दिँदै संगठन लाई थप मजबुत र दरिलो बनाउनु पर्ने कुरामा जोड  दिनुभएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

फ्रेण्डसिप साकोसको सातौ स्थापना दिवस,संस्थापक अध्यक्ष हरुलाई सम्मान

Friendship Khabar

प्रेश सेन्टर दोलखाको अध्यक्षमा बस्नेत,सचीवमा दहाल

Friendship Khabar

अविरल वर्षा संगै मेलुङ सितली सडक खण्ड अवरुद्ध (फोटो फिचर)

Friendship Khabar