फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश समाचार

तीजले चेली-माइतीबीचको सम्बन्ध प्रगाढ बनाउँछ : प्रदेश प्रमुख शर्मा

मकवानपुर/ बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाली हिन्दु महिलाहरुको महत्वपूर्ण पर्व तीजले चेली र माइतीबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
हरितालिका (तीज) २०८० का सन्दर्भमा आज सोमबार शुभकामना सन्देश जारी गर्नुहुँदै प्रमुख शर्माले हिन्दु महिलाहरुले खुशी र उमङ्गका साथ मनाउँने तीज पर्वले चेली र माइतीबीच सम्बन्ध प्रगाढ बनाउने उल्लेख गर्नुभएको हो । ‘भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने सांस्कृतिक एवम् धार्मिक महत्वको यस पर्वले चेली र माइतीबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास गरिन्छ ।’ प्रमुख शर्माले आफ्नो सन्देशमा भन्नुभएको छ, ‘विविध भाषा, धर्म संस्कृति र चाडपर्वले धनी हाम्रो देश नेपालमा तीजलाई हिन्दु महिलाहरुले आफ्नो महत्वपूर्ण पर्व मान्दछन् । ’

देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै शर्माले तीजको सांस्कृतिक पक्षको मौलिक संरक्षण गर्नुपर्ने बताउनुभयो । ‘आफ्नै मौलिक विशेषता बोकेको तीजको सन्देश र महत्वलाई जीवन्त राखेर हाम्रो सांस्कृतिक पक्षको मौलिक संरक्षण गर्नु हाम्रो दायित्व पनि हो ।’ शर्माले भन्नुभयो । उहाँले हाम्रा पर्वहरुले बोकेका सुरम्य तथा मोहक मौलिक परम्पराहरु विकृतिको पर्दाले नढाकिउन् भन्ने कुरामा सचेत रहन अत्यन्त जरुरी रहेको औल्याउँनुभयो ।

यो पर्व मनाइरहँदा यसले हाम्रो समाजमा विद्यमान सामाजिक तन्तुहरुको संरक्षण, सम्बर्द्धन गर्दै सहिष्णुतायुक्त समाज निर्माणमा पनि योगदान पुर्‍याउँन आवश्यक रहेको शर्माले उल्लेख गर्नुभयो ।

याे पढ्न छुटाउनु भयाे की ?

पूर्वमन्त्री सँग रोचक प्रतिष्पर्धा गर्दै अर्जुन राई, पाउँलान त सफलता ?

Friendship Khabar

एकीकृत सरकारी कर्मचारी संगठनको अध्यक्षमा बिप्र खड्का

Friendship Khabar

नेपाल सहकारी बैंक द्वारा राष्ट्र बैंकमा अवधारणापत्र प्रस्तुत,दर्ता प्रकृया शुरु

Friendship Khabar