फ्रेण्डसिप खबर
अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

जिल्ला सहकारी संघको स्थापना दिवस,दृष्टीविहिनलाई सहयोग

दोलखा/जिल्ला सहकारी संघ दोलखाको ३० औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
आज सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रम संघका अध्यक्ष हेमन्त चौलागाईं को सभापतित्वमा  जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सम्पन्न कार्यक्रम मा बोल्दै प्रमुख अतिथि घतानीले सहकारीका बचतकर्तालाई उत्पादनसँग जोड्नुपर्ने साथै सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूलाई व्यवसायिक बनाउँनु पर्ने बताउँनु भयो । त्यस्तै सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरेर उत्पादित बस्तुको बजार व्यवस्थापनमा सहकारीको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेफ्स्कुन का संचालक तथा बागमती प्रदेश बचत तथा ऋण सहकारी सङ्घका महासचिव जिवराज खड्काले सहकारीहरू नीति,विधि र प्रविधि मैत्री हुनु पर्ने र संस्थाको रणनीतिक योजना बनाएर सोही अनुसार संस्था चल्नु पर्ने अहिलेको आवश्यकता भएको बताउनु भयो ।

सङ्घका अध्यक्ष हेमन्त चौलागाँईले जिल्लाका सबै सहकारीको हितका लागि सङ्घले भूमिका खेलीरहेको बताउँदै सहकारीको सेवालाई सदस्यमुखी बनाउन पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

चरिकोटमा आयोजित स्थापना दिवस कार्यक्रममा मा संघ को कोषाध्यक्ष सरूणा बस्नेत, लेखा सुपरिवेक्षण समिति संयोजक रत्न श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियोे ।

जिल्लामा रहेका सहकारी संस्थाहरु र संघहरुको छाता सङ्घको रुपमा २०५० साल भदौ ४ गते स्थापन भएको  संघमा जिल्लाभरीका ४ सय ३५ वटा सहकारी संस्थाहरु आवद्ध रहेका छन् ।

यसै विच संघले स्थापना दिवसको अवसरमा कालिञ्चोक मा.वि मा अध्यनरत दृष्टिविहिन बालबालिकाहरूको लागि आवश्यक सामग्री समेत सहयोग गरेको छ ।आजै एक कार्यक्रम का विच संघ का अध्यक्ष हेमन्त चौलागाईले बिद्यालय का प्रधानाध्यापक नबराज न्यौपाने लाई सहयोग सामग्री हस्तान्तरण गर्नु भएको हो। संघले बालबालिकाहरूको लागि आवस्यक ६ सेट सिरक,डस्ना तथा स्टेशनरि सामग्री सहयोग गरेको हो ।

याे पढ्न छुटाउनु भयाे की ?

कृषि तथा भेटेनरी प्राविधिक हकहित संरक्षण प्रदेश समिती गठन

Friendship Khabar

समाज रुपान्तरणमा सहकारी – कति संभव ?

sanjeet

जनसचेतन द्वारा मैनापोखरीमा डस्वीन वितरण

Friendship Khabar