फ्रेण्डसिप खबर
देश बागमती प्रदेश समाचार स्थानीय समाचार स्वास्थ्य

जेष्ठ नागरिकलाई ब्याल्ङ्केट वितरण तथा स्वास्थ्य जाँच

पुष्कर अधिकारी
वैतेश्वर/वैतेश्वर गाँउपालिका वडा नं. ३ मिर्गेमा आज ८५ वर्ष भन्दा माथिका वृद्ध वृद्धा लाई घर घरमा पुगेर वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु र वडा सचिवले ब्याल्ङ्केट वितरण गर्नुभएको थियाे साथै मिर्गे स्वास्थ्य चाैकिका अनमिले उहाँहरुकाे प्रेसर, सुगर लगायत स्वास्थ्य जाँच पनि गरिएकाे थियाे ।

आ.व. २०७९/०८० को वडा न. ३ को जेष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत छुट्याइएको जम्मा रु ५०,०००।- वजेटबाट वडा भरि रहेका जम्मा ३७ जना वृद्ध वृदाहरुलाई साे कार्यक्रम गरिएकाे वडा सचिव अमृत कुमार तामाङले बताउनु भएकाे हाे । मिर्गे स्वास्थ्य चाैकिमा कार्यरत एच एल लिला तामाङ र अनमि आसा तमाङलाई समेत टाेलिमा लगि वृद्ध वृदाहरुकाे स्वास्थ्य स्थिति जाँच गरिएको थियाे। यसरी घर घरमा पुगेर स्वास्थ्य जाँच र ब्याल्ङ्केट बितरण गर्दा वृद्ध वृद्धा साह्रै खुसि हुनुभएको र आ व मा जेष्ठ नागरिक कार्यक्रमलाई प्राथमिकतामा राख्ने वडा अध्यक्ष कमल अधिकारिले बताउनु भएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

बागमती कांग्रेसद्वारा ६ सय १० विपन्न परिवारलाई न्यानो कपडा वितरण

Rajkumar Dahal

प्रेस सेन्टर दोलखाका संस्थापकहरु सम्मानित

Friendship Khabar

पाँच वर्षअघि मेरै प्रचारमा हिड्नेले अहिले टुरिस्ट भनेको सुहाएन:-खतिवडा

Friendship Khabar