फ्रेण्डसिप खबर
देश बागमती प्रदेश समाचार स्थानीय समाचार स्वास्थ्य

जेष्ठ नागरिकलाई ब्याल्ङ्केट वितरण तथा स्वास्थ्य जाँच

पुष्कर अधिकारी
वैतेश्वर/वैतेश्वर गाँउपालिका वडा नं. ३ मिर्गेमा आज ८५ वर्ष भन्दा माथिका वृद्ध वृद्धा लाई घर घरमा पुगेर वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु र वडा सचिवले ब्याल्ङ्केट वितरण गर्नुभएको थियाे साथै मिर्गे स्वास्थ्य चाैकिका अनमिले उहाँहरुकाे प्रेसर, सुगर लगायत स्वास्थ्य जाँच पनि गरिएकाे थियाे ।

आ.व. २०७९/०८० को वडा न. ३ को जेष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत छुट्याइएको जम्मा रु ५०,०००।- वजेटबाट वडा भरि रहेका जम्मा ३७ जना वृद्ध वृदाहरुलाई साे कार्यक्रम गरिएकाे वडा सचिव अमृत कुमार तामाङले बताउनु भएकाे हाे । मिर्गे स्वास्थ्य चाैकिमा कार्यरत एच एल लिला तामाङ र अनमि आसा तमाङलाई समेत टाेलिमा लगि वृद्ध वृदाहरुकाे स्वास्थ्य स्थिति जाँच गरिएको थियाे। यसरी घर घरमा पुगेर स्वास्थ्य जाँच र ब्याल्ङ्केट बितरण गर्दा वृद्ध वृद्धा साह्रै खुसि हुनुभएको र आ व मा जेष्ठ नागरिक कार्यक्रमलाई प्राथमिकतामा राख्ने वडा अध्यक्ष कमल अधिकारिले बताउनु भएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

शारदा माविमा निशुल्क छात्राबास सहित पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षा

Friendship Khabar

अविरल वर्षा संगै मेलुङ सितली सडक खण्ड अवरुद्ध (फोटो फिचर)

Friendship Khabar

अनशनरत कर्मचारी बारे आयुर्वेद कार्यालयको ध्यानाकर्षण

Friendship Khabar