फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ देश बागमती प्रदेश राजनीति

भूकम्पीय जोखिम र क्षतिको अध्ययन गर्न नेकपा एसको माग

साउन १७/नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा पार्टीका विपद  ब्यवस्थापन विभागका प्रमुख डा. गंगालाल तुलाधरले हालै खोटाङ आसपासमा गएको भुकम्पले गरेको क्षतिको अध्ययन गर्न सरकारलाई संग माग गर्नुभएको छ । उहाँले कतिपय स्थानीय  निकायहरूबाट त्यसबारेमा माग समेत भै आएको भन्दै  पालिकाहरूमा भूकम्पीय विपद जोखिम र क्षतिको तत्काल अध्ययनको आवश्यकता औँल्याउनु भएको हो ।

नेपाल सरकार अन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनिकरण र व्यवस्थापन परिषदका विज्ञ सदस्य समेत रहनु भएका तुलाधरले क्षतिको माग गर्दै कतिपय स्थानीय निकायहरूले माग समेत गरेको र वर्षा सँगैको भूकम्पले जनधनको के कति क्षति भएको हो त्यसको यथार्थ विवरण संकलन सहित आवश्यक क्षतिपुर्ति र सहयोग समेत सरकारको तर्फबाट गर्नुपर्ने भन्दै अविलम्ब अध्ययन टोली त्यस तर्फ पठाउन नेपाल सरकारसँग माग गर्नुभएको छ । खोटाङको साकेला गाउँपालिका-५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेको छ ।

हालसम्म संकलन विवरण अनुसार एक घर पूर्णरूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जिल्ला विपद् व्यवस्थापन कार्यालयले जनाइएको छ । साउन १५ गते बिहान ८ बजेर १३ मिनेट जाँदा गएको ६ म्याग्निच्युडको भूकम्पले केपिलासगढी गाउँपालिका-५ सप्तेश्वरस्थित थर्पुडाँडा माविको चारकोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङस्थित सुर्केडाँडा माविको चारकोठे भवन तथा केपिलासगढी गाउँपालिका-२ खार्ताम्छामा प्रहरी चौकी भवनमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्णरूपमा भत्किएको छ ।

साकेला गाउँपालिकाका अनुसार भूकम्पको ‘इपिसेन्टर’ साकेलामा हालसम्म चार सय ६४ घरमा क्षति भएको छ । जस्मा   बाँझेच्यानडाँडामा एक सय ३४, रतन्छामा ८८, खिदिमामा ५७, मात्तिममा एक सय पाँच र भूम्पकको केन्द्रविन्दु मात्तिमविर्तामा ८० घरमा क्षति भएको हो ।

भूकम्पले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडामा छ घर, हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान र सल्लेमा एक-एक घर, खोटेहाङ गाउँपालिकामा दुई र रावाबेँसी गाउँपालिकामा एक घरमा क्षति भएको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँले जानकारी दिनुभयो  । ‘जिल्लाका १० वटै स्थानीय तहलाई भूकम्पको क्षतिको वितरणचाहिँ तीन दिनभित्र दिन आग्रह गरिएको बताइएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

सीप विल्डिङकाे ईपिएस परिक्षामा नेपालबाट १२.६ प्रतिशत मात्रै उत्तीर्ण

Kedar Dahal

जसपा जिल्ला कोषाध्यक्ष सहित नेकपा एसमा प्रवेश

Friendship Khabar

पर्देशिनुको पिडा झल्काउने उषा गजुरेलकाे स्वरमा “आमा” गित सार्वजनिक

Kedar Dahal