फ्रेण्डसिप खबर
गृह पृष्ठ

राष्ट्रिय सभा सदस्यमा दाेलखाका घनश्याम रिजाल विजयी

केदार दहाल

हेटौंडा / राष्ट्रिय सभा सदस्यमा दोलखाका घनश्याम रिजाल निर्वाचित भएका छन।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको तर्फबाट उमेदवार रहेका युवा नेता रिजाल राष्ट्रिय सभा सदस्यको आगामी ६ बर्षे कार्यकालका लागी निर्वाचित भएका हुन।

दोलखा जिल्लामा लोकप्रिय छवि निर्माण गरेका युवा नेता रिजाल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी दोलखा जिल्ला कमिटिका निवर्तमान उपाध्यक्ष रहेका छ्न।वि.सं २०३७ मा बुबा धन बहादुर रिजाल र आमा रुद्रमायाको कोखबाट जन्मनु भएका ४३ वर्षीय रिजाल हाल पार्टीको केन्द्रिय प्रतिनिधि परिषद सदस्य हुन्।रिजाल पार्टी निकट दलित मुक्ति संगठनका केन्द्रिय महासचिव र नेपाल सुनचादी कला व्यवसायी संघका केन्द्रीय अध्यक्ष समेत रहेका छ्न ।
रिजालको राजनैतिक यात्रा नेकपा एमालेबाट शुरु भइ सक्रिय र प्रभावकारी राजनीतिमा थिए ।२०४९ सालदेखि नेकपा एमालेबाट राजिनीतिमा लागेका उनि २०७७ साल पुस ५ मा भएको केपी ओलिको असंवैधानिक कदम संसद विघटन पछिको राजनीतिक घट्नाक्रमसंगै माधवकुमार नेपालको नेतृत्वमा पुनर्गठन गरि बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रभावशाली युवा नेताको हैसियतमा सक्रिय छन ।

२०७९ सालको निर्बाचनमा दोलखा प्रदेश ‘ख’ बाट बलियो उम्मेदवारको रुपमा दावी भएपनि सत्ता गठबन्धनको भागबन्डाका क्रममा दुईवटै उमेद्वार कांग्रेसको भागमा परेपछि उनि पछि हटेका थिए।
राजनैतिक मात्र नभएर रिजाल विभिन्न सामाजिक संघ संस्थामा पनि त्यतिकै सकृय रहेका व्यक्ति हुन,दोलखा उद्योग वाणिज्य संघका निर्वाचित कार्यसमिति सदस्य समेत भइसकेका रिजाल दोलखाका सफल व्यवसायीको परिचय बनाएका छन। गौरीशंकर सामुदायिक पुस्तकालयका संचालक समिति सदस्य,जिल्लाकै पहिलो सामुदायिक रेडियो कालिञ्चोक सामुदायिक एफएमको संस्थापक उपाध्यक्ष पनि हुन।हाल उनि गौरीशंकर क्याम्पस चरिकोटको ब्यबस्थापन समितीमा लगातार तेश्रो कार्यकालको लागि संचालक समिति सदस्यमा छन ।

याे पढ्न छुटाउनु भयाे की ?

४० हजार राहत शिक्षकहरुकाे केन्द्रीय समिति भयाे दुई टुक्रा

Kedar Dahal

सुनचाँदी कला व्यवसायी संघ दोलखाको अध्यक्षमा अनिल रिजाल

Friendship Khabar

नेकपा एस वैतेश्वर काठमाडौ संपर्क मञ्चको अधिवेशन अध्यक्षमा श्याम ढुंगेल

Friendship Khabar