फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ बागमती प्रदेश समाचार

नेपालको जनसंख्या सार्वजनिक, यस्तो छ प्रारम्भिक नतिजा

काठमाडौ /जनगणना २०७८ मा गरिएको प्रारम्भिक तथ्यांक अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ।
बुधबार तथ्यांक बिभागले दिएको जानकारी अनुसार यो १० बर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ ।२०६८ सालमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो।
नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार कुल २करोड ९१ लाख ९२ हजार ४८० मध्य पुरुष १करोड ४२ लाख ९१ हजार ३११ र महिला १करोड ४९लाख ०१ हजार १६९ रहेका छ्न।
जनसंख्या वृद्धि दर ०.९३% रहेको छ भने जनघनत्व : १९८ जना प्रति वर्ग किमि रहेको छ।बिदेशमा बसेका नेपाली को संख्या २१ लाख ६९ हजार ४७८ रहेका छ्न,जम्मा परिवार संख्या  ५६ लाख ४३ हजार ९४५ रहेको तथा प्रति परिवार संख्या ४.३२ रहेको पनि तथ्यांक बिभाग ले जानकारी दिएको छ।
नेपालको कुल जनसंख्या को २१ प्रतिशत अर्थात ६१ लाख भन्दा बढि जनसंख्या मधेस प्रदेशमा बसोबास गर्ने गरेका छ्न भने दोश्रो बागमती प्रदेशमा ६० लाख जनसंख्या को बसोबास रहेको छ।जिल्लागत रुपमा नेपालमा धेरै जनसंख्या भएको जिल्ला काठमाडौं कम जनसंख्या भएको जिल्ला मनाङ रहेको छ। 

याे पढ्न छुटाउनु भयाे की ?

११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वैतेश्वरमा वक्तृत्वकला प्रतियोगिता हुने

Kedar Dahal

दोलखामा जनजाति महासंघ समाजबादी सहित ४ घटक संघ गठन

Friendship Khabar

सफल सहकारीको ११औं वार्षिक साधारण सभा सम्पन्न

Friendship Khabar