फ्रेण्डसिप खबर
गृह पृष्ठ स्थानीय समाचार

महिलाहरुको क्षमता अभिवृद्धि सम्बन्धि प्रशिक्षण तालिम शुरु

दोलखा/ वैतेश्वर गाउँपालिकाको आयोजनामा महिलाहरुको क्षमता अभिवृद्धि सम्बन्धि प्रशिक्षण तालिम शुरु भएको छ। वैतेश्वर गाउँपालिकाको कार्यालय पाडुडाडामा संचालन गरिएको तालिम वैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराम पोखरेल को अध्यक्षतामा एक कार्यक्रमका बिच गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य ले उद्घाटन गर्नुभएको हो।

३ दिन सम्म चल्ने तालिममा वैतेश्वर गाउँपालिका भित्रका ८ ओटै वडा बाट प्रतिनिधित्व हुने गरि ४५ जना महिलाहरुको सहभागीता रहेको छ।

तालिमको सहजीकरण महिला अधिकारकर्मी डा.जानुका न्यौपाने र गिता शिवाकोटी ले गरिरहनुभएको छ।

तालिममा महिला अधिकार संम्वन्धी संवैधानिक ब्यबस्था,लैंगिक अवधारणा र लैंगिक विश्लेषण,लैंगिक उत्तरदायी बजेट,समावेशीकरणको अवधारणा,लैंगिक हिंसाको अर्थ,प्रकार र कारण,नेपालमा महिला बिकास कार्यक्रमको अवधारणा,प्रस्ताव पत्र तथा प्रतिवेदन लेखन,नेतृत्व विकास,घरेलु हिंसा र कानुनी उपचार,बाल विवाह विरुद्धको रणनीति २०७२ को प्रमुख प्रावधानहरु र महिला उपर हुने सवै प्रकारका भेदभाव उन्मुलन सम्बन्धी महासन्धि का मुख्य प्रावधानका बिषयमा सहजीकरण हुनेछ्न।

याे पढ्न छुटाउनु भयाे की ?

याद आयो मलाई!!

Friendship Khabar

कालिञ्चोकमा फेसन सो

Friendship Khabar

कालिञ्चाेककाे विज्ञान प्रदर्शनीमा कालिका मावि उत्कृष्ट

Nabin Kumar Khatiwada