फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति स्थानीय समाचार

नेकपा एस बिगुको अधिवेशन

दोलखा /नेकपा एकीकृत समाजबादी बिगुको वडा कमिटी अध्यक्षमा पेम दोर्जे शेर्पा चयन भएका छ्न।

बिगु गाउँपालिका वडा नं ७ बिगुमा सोमबार भएको अधिवेशन ले पेम दोर्जे शेर्पाको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी निर्वाचित गरेको हो। यसैबीच आज नै मिङमा शेर्पाको अध्यक्षतामा १५ सदस्यीय युवा संघ नेपाल बिगु वडा कमिटी समेत निर्माण गरिएको छ।

बिगुमा पार्टीको कमिटी बने सॅंगै गाउॅंमा भईरहेको भ्रष्टाचार, कुशासन, कमिशनतन्त्र, नातावात-कृपावाद बिरूद्ध शसक्त आवज उठाउॅंने र विकास निर्माण कार्यमा युवाहरू जोडेर अघि बढाउने बिगुका युवा नेता बागमती प्रदेश सम्पर्क सद्स्य पेम साङबो शेर्पाले प्रतिवद्दता गरे। साथै नवनिर्वाचित कमिटीका अध्यक्ष पेम दोर्जे शेर्पाले गाउॅंमा भएको जगत पुरानो गुम्बा, वनजङ्गल, बिजुली,स्वास्थ र विकासको नाममा कृते कागज र अनियमितता बारे अब सिंगो वडाबासी नेकपा एकीकृत समाजबादी पार्टीमा गोलबन्द भई लड्नु पर्ने बताएका छ्न।

दोलखाको बिगु गाउँपालिकामा नेकपा एसले संगठन निर्माणलाई तिव्रता दिएको छ।आज सम्म बुलुङ,ओराङ र बिगु समेत ३ वडाको अधिवेशन सम्पन्न भैसकेको छ्न।कार्यक्रममा प्रमुख अतिथि नेकपा (एकीकृत समाजबादी)का केन्द्रिय सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ( समाजवादी ) का केन्द्रिय अध्यक्ष पासाङ शेर्पा,विशेष अतिथि जिल्ला कमिटी अध्यक्ष भिम दाहाल,बागमती प्रदेश कमिटी सदस्य प्रकाश केसि, बागमती प्रदेश संम्पर्क कमिटी सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ( समाजवादी ) केन्द्रिय सदस्य पेम साङबो शेर्पा,अनेमसंघ का अध्यक्ष तारा लामा,लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

याे पढ्न छुटाउनु भयाे की ?

प्रधानमन्त्री प्रचण्ड पत्नीको निधन, दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने

Kedar Dahal

नेकपा एस मेलुङको अध्यक्षमा बस्नेत,(अधिवेशन फोटो फिचर)

Friendship Khabar

एकै दिन अरनिको यातायातका २ बस दुर्घटनामा, किन बढ्दैछ दुर्घटना

Friendship Khabar