फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश राजनीति समाचार

एकीकृत समाजवादी हेटौंडा चुनाव केन्द्रित अभियानमा

मकवानपुर/नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) हेटौंडा उपहानगरपालिका कमिटी चुनाव केन्द्रित अभियानमा होमिएको छ ।

कमिटीको आज मंगलबार बसेको चौथो पूर्ण बैठकले निर्वाचन केन्द्रित कार्ययोजना पारित गर्दै चुनाव केन्द्रित अभियानमा होमिएको हो ।
बैठकले हेटौंडा उपमहानगरपालिकाको हरेक वडामा यही चैत १९, २०,२१ र २२ गतेभित्र भेला, घरदैलो, सदस्यता वितरण, चुनावका लागि स्वयंसेवक समूह गठन गर्ने लगायतका कार्ययोजना पारित गरेको हो ।

पार्टी हेटौंडा उपमहानगरपालिका कमिटीका अध्यक्ष ध्रुव भुजेलको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथी एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य गोमा तिमल्सिनाले कार्ययोजना सफलताका लागि शुभकामना व्यक्त गरिन् । उनले एकीकृत समाजवादी पार्टी कम्युनिष्ट जोगाउने आन्दोलन भएको भएको बताइन् । ‘एकीकृत समाजवादी एउटा पार्टी मात्र होइन, यो कम्युनिष्ट जोगाउने एउटा आन्दोलन हो ।’ तिमल्सिनाले भनिन्,‘ जनपक्षीय शक्तिहरु एकजुट भएर कम्युनिष्ट आन्दोलन जोगाउने अभियानमा लाग्नु अहिलेको आवश्यकता हो ।’
यस्तै, बैठकका विशीष्ट अतिथी एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पाख्रेलले एकीकृत समाजवादीमा लाग्नेहरु पद र पैसाका लागि नभई कम्युनिस्ट आन्दोलन जोगाउन लागिपरेको बताए । कम्युनिष्ट आन्दोलन जोगाउँनैका लागि पार्टी निर्वाचनमा होमिएको अध्यक्ष पाख्रेलको भनाई छ । आगामी चुनावमा कम्युनिस्ट पार्टी जोगाउने आन्दोलनमा साथ दिनका लागि एकीकृत समाजवादीको चुनावचिन्ह ‘कलम’मा मत हाल्नका लागि उनले मतदातालाई आग्रह समेत गरे ।
बैठकले पार्टीको हेटौंडा उपमहानगरपालिका कमिटीको प्रचार प्रसार संयोजकमा भुपेन्द्र पराजुलीलाई जिम्मेवारी प्रदान गरेको छ ।
बैठकमा जिल्ला कमिटीका उपाध्यक्ष एवं हेटौंडा उपमहानगरपालिकाका उप प्रमुख मीनाकुमारी लामाको विशीष्ट आतिथ्यता रहेको थियो ।एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका कमिटीका सचिव देवराज गौतमले बैठक संचालन गरेका हुन।

याे पढ्न छुटाउनु भयाे की ?

SEE परिक्षा भाेलिदेखि, दाेलखाबाट ९७ विद्यालयका विद्यार्थी सहभागी हुँदै

Kedar Dahal

२६५१ मिटरको उचाइमा रहेको हनुमन्तेमा वृहत मेला हुँदै

Friendship Khabar

१५ जनाको ज्यान लिएको १४ वर्ष अघिको बोत्ले घटना

Nabin Kumar Khatiwada