फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ राजनीति

गठबन्धनले जिते विकास ले गति लिने:-श्रम मन्त्री कुँवर

अछाम/श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले गठबन्धनले जितेमा यस क्षेत्रका विकास निर्माणका कामले गति लिने बताउनुभएको छ ।
अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनु भएका कुँवरले गठबन्धनले जितेमा सेती लोकमार्गको काम तीन वर्षमा सम्पन्न गर्ने, वुढीगंगा जलविद्युत आयोजनाका कामलाई तीव्रता दिने, वयालपटा अस्पताल र एयरपोर्टको स्तरोन्नति, वुढीगंगा नदीले गर्दै आएको कटान न्यूनीकरण लगायतका अछामका गौरवका आयोजनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
देशको अग्रगमन र विधिको शासनको लागि गठबन्धन बनेको र यो पछिसम्म कायम रहने उहाँको भनाइ छ ।
यस्तै एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य एवम् पूर्व कानून मन्त्री गोविन्द बन्दीले संविधान र लोकतन्त्रको रक्षाको लागि पाँच पाँचदलीय गठबन्धन बनेको बताउनुभयो ।

याे पढ्न छुटाउनु भयाे की ?

पर्देशिनुको पिडा झल्काउने उषा गजुरेलकाे स्वरमा “आमा” गित सार्वजनिक

Kedar Dahal

आमा समुहलाई भान्साघर औषधालय कार्यक्रम

Friendship Khabar

अँध्यारो नाँ लाई उज्यालो काेसेलि सहित पुगे पालिका अध्यक्ष कार्की

Kedar Dahal