फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार स्वास्थ्य

आयुर्वेद केन्द्र द्वारा स्वस्थ जीवन प्रबर्द्धन कार्यक्रम शुभारम्भ

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखामा स्वस्थ जीवन प्रवर्द्धन कार्यक्रमको शुभारम्भ भएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र¸दोलखाको कार्यालय प्रमुख डा. मनोज कुमार चौधरीको अध्यक्षता तथा दोलखाको प्रमुख जिल्ला अधिकारी श्री शेखर पौड्यालको प्रमुख आतिथ्यतामा भएको शुभारम्भ कार्यक्रममा दोलखा जिल्लामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु¸ योगसंग सम्बन्धी संघ संस्थाहरु  पतंजली योग समिति¸ जीवन विज्ञान¸ स्थानीय पत्रकारहरु तथा स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम मार्फत नसर्ने रोगहरुको जोखिम कम गर्न नियमित रुपमा स्वस्थ जीवनशैली परामर्श, स्वास्थ्य परिक्षण तथा कार्यालयको योग हलमा नियमित योग कक्षा संचालन गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा. मनोज कुमार चौधरीले जानकारी दिनु भयो । नियमित योग कक्षा जीवन योग प्रयोगशाला कालिन्चोकको सहकार्यका संचालन गरिनेछ ।
कार्यक्रमको क्रममा उपस्थित व्यक्तिहरुको BMI, Blood Pressure, Blood Glucose level जाँच गरिनुका साथै स्वस्थ जीवनशैली सम्बन्धि परामर्श दिईएको थियो साथै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाबाट प्रकाशित आयुर्वेद स्वास्थ्य डायरीको विमोचन गरिएको थियो ।
कार्यक्रम संचालन कविराज निरीक्षक अर्चना कुमारी झाले गर्नु भएको थियो भने स्वागत मन्तव्य तथा कार्यक्रमबारे जानकारी कविराज निरीक्षक हरि नारायण महतोले गराउनु भएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा एसले एमसिसीको विपक्षमा मतदान गर्ने

Friendship Khabar

महिलालाई वैदेशिक रोजगारमा पठाउँदा समन्वय गर्छौ : श्रम मन्त्री

Friendship Khabar

एकीकृत फ्रेण्डसिपको काठमाडौ सेवा केन्द्र शुभारम्भ

Friendship Khabar