फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य गृह पृष्ठ देश बागमती प्रदेश

३९० घण्टे सीपमूलक तालिम सुरू

दाेलखा,२२ फागुन/स्वराेजगारमूलक हाेमस्टे र बारिष्टा(कफीमेकर) तालिम चरिकोटमा सुरू भएको छ ।
प्रदेश युवा परिषद् बागमतीकाे आर्थिक सहयोगमा निशुल्क ३९० घण्टा(६५ दिन) काे तालिम साेमबारबाट सुरू भएको हाे ।

जिल्ला युवा समिति दाेलखाले आयोजना गरेको तलिम कान्तिपुर बहु-प्राविधिक शिक्षालय भरतपुर र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्र प्रालि ललितपुरका प्रशिक्षकहरूले प्रशिक्षण गर्छन् ।

पर्यटकीय क्षेत्रमा हाेम स्टे र बारिस्टाका अत्यन्तै माग भएकाले दक्ष जनशक्ति उत्पादन गर्न तह १ काे तालिम सुरू गरिएको जिल्ला युवा समिति दाेलखाका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो । तालिम उद्घाटन कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्का, युवा परिषद् बागमतीका उपाध्यक्ष सन्ताेष चाैलागाई लगायतको उपस्थिति थियाे ।

याे पढ्न छुटाउनु भयाे की ?

खिम्ती ग्रामीण विद्युत सहकारीले अर्को आयोजना बनाउने

Nabin Kumar Khatiwada

एसईईमा उत्कृष्ट प्रदर्शन गर्ने दोलखा जिरीका विद्यार्थी र शिक्षक सम्मानित

Kedar Dahal

चोयाका सामग्री बनाउने तालिम

Nabin Kumar Khatiwada