फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ राजनीति

नेकपा एस वैतेश्वरको अध्यक्षमा टहल खड्का (अधिवेशन फोटो फिचर)

मैनापोखरी/नेकपा एकीकृत समाजबादी वैतेश्वर गाउँपालिका संगठन कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले टहल खड्‌काको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत रुपमा निर्वचित गरेको छ।कमिटीको उपाध्यक्षमा पदम प्रसाद दहाल  बुथी नेपाली,सचिव रविन दहाल,उपसचिव गोपाल प्र० दहाल,ढाल बहादुर खड्‌का,अर्जुन ढुङेल रहेका छन।यसैगरी सदस्यहरुमा तारानी प्रसाद दहाल,शिवप्रसाद दहाल,राजकुमार दहाल,उर्मिला ढुङ्गेल,नारायण प्र दहाल,रमेश भुजेल,धन व खत्री,विद्यानन्द दहाल,वालकुमार श्रेष्ठ,दुर्गा बिक,कृष्ण ढुङ्गेल, देवी व कार्की,दिपक दहाल,पदम व दहाल,दिनेश घिमिरे,पार्वती न्यौपाने,पुष्कर कुमार दहाल,अर्जुन शिवाकेटी,बद्रि तमाङ,भक्तराज तमाङ,केशव तमाङ,धन व मिजार,बद्रि मिजार,चमेली मिजार रहेका छ्न

यसैबिच अधिवेशनले धर्मानन्द दहालको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ।सल्लाहकार समितिको सदस्यहरुमा कृष्ण प्रसाद रिमाल,वाईपी घिमिरे,जेवि तमाङ्ग,नाम्गेल लामा,रघुनाथ दहाल रहेका छ्न।

गाउँपालिका संगठन कमिटीका अध्यक्ष टहल खड्काको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेकपा एकीकृत समाजबादीका केन्द्रिय सचीव जीवनराम श्रेष्ठ,केन्द्रिय सदस्य चुनु केसि,जिल्ला कमिटी अध्यक्ष भिम दहाल,बागमती प्रदेश कमिटी सदस्य,रामकाजी कायस्थ,जिल्ला कमिटी सचीव अशोक दहाल,अनेरास्ववियुका केन्द्रिय उपमहासचिव कल्याण दहाल,भुतपुर्व सैनिक तथा प्रहरी संगठनका केन्द्रिय सचीव पुष्कर रिमाल,जिल्ला कमिटी सदस्य गोमा दहाल,युवा संघका केन्द्रिय सदस्य नितेश कुमार थामी लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
यसैबीच आज नै विभिन्न पार्टी परित्याग गरि ४१ जना नेता तथा कार्यकर्ता नेकपा एकीकृत समाजबादीमा प्रवेश गरेका छन।नवप्रवेशीलाई केन्द्रिय सचीव जीवनराम श्रेष्ठ ले पार्टी सदस्यता प्रदान गरेर पार्टीमा स्वागत गर्नुभएको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

समाजसेवी सकुना श्रेष्ठ मलेकुको प्रस्तुती “राम भजन”

Friendship Khabar

जनसचेतन द्वारा हिलेपानी माविमा सहकारी शिक्षा

Friendship Khabar

दुर्गम गाउँको उत्पादन बजारीकरणमा सारथी बन्यो सहकारी

Kedar Dahal