फ्रेण्डसिप खबर
कभर स्टाेरी गृह पृष्ठ देश राजनीति समाचार

दोश्रो पशुपति स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम (फोटो फिचर)

चरिकोट/दोलखाली कम्युनिस्ट आन्दोलनका संस्थापक तथा अग्रणी नेता स्व.पशुपति चौलागाईं को दोश्रो स्मृतीमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ।

नेकपा एकीकृत समाजबादी दोलखाको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो।श्रद्धाञ्जली कार्यक्रममा नेकपा एकीकृत समाजावादी दोलखाका अध्यक्ष एवं पशुपति चौलागाईंका सहपाठी तथा समकालीन नेता भिम दहालले पशुपति चौलागाईं ले दोलखाको कम्युनिस्ट आन्दोलन र समग्र बिकास मा गरेको योगदान र उहाँको जीवनी बारे चर्चा गर्नुभएको थियो।
श्रद्धाञ्जली कार्यक्रममा नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश कमिटी सदस्य मोहन थापा,शुसिला न्यौपाने,दोलखाका सचीव अशोक दहाल,सचिवालय सदस्य माधवलाल कायस्थ,नेकपा माओवादी केन्द्रका क्षेत्रीय कमिटी अध्यक्ष पुष्कर अधिकारी,नेपाल राष्ट्रिय कर्मचारी संगठन का केन्द्रिय सदस्य अर्जुन चौलागाईं,एकीकृत सरकारी कर्मचारी संगठन दोलखाका अध्यक्ष बिप्र खड्का,अनेरास्ववियू दोलखाका अध्यक्ष पुष्पक केसि,प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाका सचीव प्रकाश दहाल लगाएत नेता कार्यकर्ता र समर्थकको उपस्थितिमा चौलागाईं को तस्बिरमा माल्यार्पण गरिएको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

पुरानै शैलिमा आउँदै SEE परिक्षाकाे रिजल्ट, यसरी हेर्नुहाेस GPA

Kedar Dahal

एमालेको वडा कमिटी एकीकृत समाजवादीमा रुपान्तरण

Friendship Khabar

समाजबादी प्रेस संगठन झापाको अध्यक्षमा राई

Friendship Khabar